नन्दराम ओली
सिम्ली
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउपालिका वडा नम्बर ९ को दोस्रो सम्मेलनबाट हेमराज खड्का निर्विरोध निर्वाचित भएका छन । शनिबार सिम्लीमा सम्पन्न सम्मेलनले २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा लिला खड्का, सचिव टेक बहादुर डाँगी, सहसचिवमा शेर बहादुर विक र कोषाध्यक्षमा बबिता डाँगी रहेका छन । त्यस्तै सम्मेलनले १७ सदस्यीय पालिका प्रतिनिधि पनि छनोट गरेको छ । निवर्तमान अध्यक्ष दिल बहादुर डाँगिको अध्यक्षता रहेको कार्यक्रममा कर्णाली प्रदेश सांसद तथा पूर्व कृषि मन्त्री बिमला केसिको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष ससिराम विक, ९ नम्बरका वडा अध्यक्ष शेर बहादुर खड्का, माओवादी केन्द्रका नेता अनन्त कुमार डाँगी लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि केसिले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिईन ।
