सन्देश जैसी
चौरजहारी
रगत अभाब भएर छटपटाई रहेकी एक बृद्धालाई अस्पतालमा कार्यरत कर्मचारीले रगतदान गरेर सहयोग गरेका छन । लामो समय सम्म हड्डीको संक्रमण भएर स्वास्थ्य अवस्था कमजोर भएकी रुकुम पश्चिम जिल्ला सानिभेरी गाउँपालिका ४ बस्ने बर्ष ६५ कि नैनी नकाललाई रुकुम पश्चिमको चौरजहारिमा रहेको चौरजहारी अस्पतालका कर्मचारीले रगत दान गरेर सहयोग गरेका हुन ।
जिल्ला ब्लड बैंक नभएको र अन्य ब्यक्तिहरु पनि रगतदान गर्न तयार नभएपछि अस्पतालमा कार्यरत क्यासिएर जीवन रेग्मीले ओ पोजिटिभ रगत दान गरेका हुन । यसअघि पनि जटिल र सुत्केरीको समस्याको बेला रगतको अभाब हुने बिरामीहरुलाई अस्पतालका कर्मचारी तथा सुरक्षा निकायका ब्यक्तिहरुले रगत दान गरेर बिरामीहरुको ज्यान बचाँउदै आएका थिए ।
फेसबुक प्रतिक्रियाहरु
