डिकेन्द्र शाह
निमुखाहरुको नेतृत्व गर्दै,
दीनदुःखीहरुको रक्षा गर्दै,
सर्वहारा वर्गको उत्थान गर्दै,
हुँदाखाने र हुनेखानेको लँडाईमा,
सदा निरन्तर आफनो कर्ममा हिँडेको कमरेड ।।
माक्र्स, लेलिन, माओका दर्शनहरु घोक्दै,
समाजलाई परिवर्तन गर्न संघर्ष गर्दै,
गरिब निमुखा जनताहरुलाई सचेत बनाउँर्दै,
मजदुर, किसान, उत्पीडितलाई जुझारु बनाउँर्दै,
निरन्तर संघर्षमाहिँडेको कमरेड ।।
आफनो घर परिवार रेखदेखको बेवास्ता,
बरु समाज, जनता सबैको हितको बिन्ती,
आफनो जीलो ज्यान सर्मपन गरेको,
सामन्ती र शोषकहरुबाट बचाउनको निम्ति,
निरन्तर गाँउवस्ती वस्तीमा हिँडेको कमरेड ।।
युद्धमोचाहरुमा कमान्डर बन्र्दै,
जनआन्दोलन, जनक्रान्तिमा आवाज वुलन्दगर्दै,
चेग्वारा जस्तो क्रान्तिकारी योद्धाबन्र्दै,
जहाँनिया निंरकुश शासनहरु ढाल्नकालागि,
सर्वहारा जनताहरुको शासन सत्ताका निम्ति,
निरन्तर जनसघर्षमा लम्केको कमरेछ ।।
आज निंरकुश एकतन्त्र सत्ताहरु ढलेर गए,
देशमा लोकतन्त्र,गणतन्त्र आयो,
हिजो जनताहरुको शासन ल्याउनहिँडेको कमरेड,
आफनो इमान्दार र शालिनपन क्रान्तिमा लगाएको,
गणतन्त्रका निम्ति सदालडेको कमरेड,
सत्ताको शिरोपर पाउनुपथ्यो ।
तर बिडम्वनाछायाँ जस्तो ओझेलमा पनुप¥यो ।।
नेतृत्वको चाकडीवादीहरु, फरियावादीहरु,
सत्ताकुर्चीका गवाँरवादीहरु, अवसरवादीहरु,
धनकानिम्ति घर बिर्सेने धनवादीहरु,
सरकारका आसेपासेहरु, सत्ताधारी बन्नपुगे,
किन यसरी अवसरवादी चर्तुरेहरु मौलाए ।।
निरन्तर क्रान्तिको यात्रामाहिँडेबो कमरेड,
आजकिन, पछाडि हराए,
इमान्दार र कम्निष्ठ सदाबनेर,
निरन्तर जनताको साथमाहिँडेको कमरेड,
किन सत्ताको सहकार्यमा पौडिनपाएन,
जनताहरुको आवाज त उसले बुझको थियो,
जनताहरुको आकाङ्क्षा,चाहाना उसलाई थाहा थियो
आज गणतन्त्र आएर पनि कमरेड,
तपाई ओझेलमा परिरहनु भो,
तपाईको सहनशीलता हो कि कमरेड,
तपाईको आदर्शपन, सत्तामोह नभएको हो कि,
तपाइलार्ई पार्टीले मूल्याङन कति ग¥यो ।।
निरन्तर क्रान्तिमा हिँडेको कमरेड,
तपाईका जनताहरले कहिल्यै भूल्ने छैनन्,
तपाईका चेलाहरुले कहिल्यै विर्सर्ने छैनन्,
तिमी महान छौँ, कमरेड कम्निष्ठको यात्रामा,
अस्ताउनु भो आज एक कमरेड ।।