सुुन्दरताको खानी, हाम्रो रुकुम

Byआहा सञ्चार

२०७८ आश्विन २३, शनिबार ०९:४९

इतिहास परियार
रुकुमलाई दुई भाग गरि रुकुम पश्चिम भाग र रुकुम पूर्वी भाग बनेको छ । पश्चिम रुकुम कर्णाली प्रदेश र रुकुम पूर्व लुम्बीनी प्रदेशमा पर्छ । पश्चिम रुकुमको स्थानीय निर्वाचनपछि विकासले धेरै फड्को मारेको छ ।
रुकुम पश्चिमका स्यार्पुताल अहिले सुन्दर हरियाली वातावरणमा कुहिरोको घुम्टो सँग रमाईरहेको छ । त्यस्तै गरि सानीभेरी नदि वर्षायामको पानीको बहापलाई विस्तारै घटाउदै आफ््नो रफ्तारमा हिडिरहेको छ । त्यस्तै गरि आठविसकोटमा पर्ने ठुलीभेरी डोल्पा जिल्लाको हिमाली भेगहुदै जाजरकोटको तिरहुदै गोतामकोटको छेउछाउ हुँदै आठबिसकोट नगरपालिकाको केन्द्र राडि बजार हुँदै जाजरकोट रिम्ना भनिने ठाँउमा ठुलिभरी नदी र सानोभेरिनदि सँगै भेट भएर कलकल बगिरहेका छन । अहिलेको समयमा दसैँको बासनाले होला, प्रकृति निकै आफ्नो रफ्तारमा रमाईरहेको छ । सिस्ने हिमाल सेतो बादलको घुम्टो भित्र मुस्कुराईरहेकोछ । सिस्ने हिमालको चिसो सिरेटोले रुकुम पश्चिम र रुकुम पूर्बलाई छोईरहेको छ ।

रुकुम जिल्लालाई दुई भागमा बिभाजन गरिएतापनि पूवी रुकुमको र पश्चिम रुकुमको मानिसहरुमा सद्भावना र प्रेम भने एउटै घर परिवारको जस्तै छ । पूर्वी रुकुमको कमल ताल हरियाली बनपाखा र त्यहाँको भेषभुसा र त्यहाँको कला सँस्कृतिलाई सिस्ने हिमालको मुस्कुराहटले शान बडाएको छ । त्यस्तै गरि पश्चिम रुकुममा रहेको सानोभरी नदि र ठुलिभेरी नदि र स्यार्पुताल र सिस्ने हिमाले र कला सँस्कृति र विभिन्न बिकास निर्मानको कार्यले रुकुम पश्चिमको सान बढाएको छ ।

हो साँच्ची रुकुम निकै शुन्दर छ । अहिले दशै आयको छ । सबैको मन हलचल गरेको छ । सहर पसेकाहरु गाँउमा आमा दिदिबहिनीहरुले सेतो कमेरोले घर छिप्दै गरेको र रातो माटोले घर लिप्दै गरेको दृष्य हेर्ने धेरै ब्यक्तिहरु आतुर भएका छन । आजभोलि घर जानेहरुको लर्काे लागिरहेको छ । रुकुम पूर्वका लुकुम काँक्रि र तकसेरा र हुकाम मैकोटका लेकहरु तिर पँहेलै फुलेका लिलिफुलहरु सँग नरमाउने को होला । त्यस्तै गरि रुकुम पश्चिको आठबिसकोटका लेकहरु जस्तै झारमारे लेख र भम्पु डाँडाहरुमा र चित्रे पाटनको र सिस्ने हिमालको दृष्यहरुमा नरमाउने र फोटो खिच्ने आतुर हुनेहरु धेरै रहेकाछन । साँच्ची रुकुम निकै सुन्दर रहेको छ । अन्तमा दसैँमा तपाईं र तपाईको परिवारहरुमा मिठो भेटघाट सँगै दशैँको सबैमा शुभकामना छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto