विप्लव नेतृत्वको नेकपा माओवादीका नेता हेमन्तप्रकाश ओली सुदर्शनले सरकारले सहमतिको कार्यान्यन नगरेको बताएका छन । सरकार र नेकपा बिच सहमति हुँदा तिन बुदे सहमति गरेको बताउदै सरकारले हालसम्म एउटा मात्र बुदा कार्यान्वन गरेको बताए ।
जनपत्रकार संगठन रुकुम पश्चिमले बुधबार सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा प्रतिवन्ध घोषणा बाहेकका अन्य काम सरकारले इमान्दारीपूर्वक नगरेको उनको भनाई छ । राजनीतिक बन्दीहरुलाई रिहाई गर्ने सहमति भएपनि विभिन्न बहानामा अझै पनि धेरै नेताकार्यकर्ता जेल जीवन विताउन बाध्य भएको उनको भनाई छ ।
भिडियोमा सुन्नुहोस नेता सुदर्शनले पत्रकार सम्मेलनमा राखेको भनाई ।
फेसबुक प्रतिक्रियाहरु
