रुकुम पश्चिम र रुकुम पूर्वका सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले तीनदिने घुम्ती शिविर सञ्चालन सञ्चालन भैरहेको छ । नेपाल पत्रकार महासंघ रुकुमको समन्वय र सूचना तथा प्रसारण विभागको आयोजनामा असोज २, ३ र ४ गते उक्त सिविर सञ्चालन हुनेछ ।

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलंगामा घुम्ती सिविर सञ्चालन भैरहेको नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्ता लगायत सेवा प्रदान भैरहेका छन । यस्तै अध्यक्ष केसीका अनुसार उक्त सिविरमा सूचना तथा प्रसारण विभागले रुकुम पूर्व र रुकुम पश्चिमका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्न पत्रकारिता तालिम समेत सञ्चालन गरिरहेको छ ।

तालिमको शनिबार जिल्ला समन्वय समिति रुकुम पश्चिमका कार्यबाहक प्रमुख इन्दिरा बि.एमले व्यानर पढेर उद्घाटन गरिन । नेपाल पत्रकार महासंघ रुकुम शाखा अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देबीलाल गौतम, विभागका निर्देशक भरत गौतम, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी धुव्र कुमार श्रेष्ठ, लगायत जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो । महासंघका सचिब हिरा परियारले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य महासंघका उपाध्यक्ष सिजन वाँठा मगरले गरेकी थिईन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto