रुकुम पश्चिमको त्रिबेणी र बाँफिकोट गाउपालिकाका अगुवा महिलाहरुको क्षमता विकासका लागि ३ दिने तालिम सम्पन्न गरिएको छ । ओरेक नेपालको आयोजनामा महिलाहरुको क्षमता विकाश गरी समुदायमा महिला हिंसा विरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतिक अधिकारका अभियानहरु सञ्चालन गर्ने उद्देश्यले मुसीकोटमा तालिमको आयोजना गरिएको हो ।

२५ जना महिलाहरुको सहभागीता रहेको तालिममा लैगिंक बिभेद, महिला अधिकार, मानब अधिकार, घरेलु हिंसा र द्धन्द्ध व्यबस्थापन सम्बन्धीका विषयमा सहजिकरण भएको छ । तालिममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, महिला मानब अधिकार रक्षक सञ्जालका व्यूझना पुन देबकोटा, बार एस्सोसिएशनका अध्यक्ष गणेश हमाल, मुसीकोट नगरपालिकाका कानुनी सल्लाकार ललित बुढा र रेडक्रस रुकुम सभापति रमा गौतम लगाएतले सहजिकरण गरेका थिए ।

election adv.

कार्यक्रम पश्चात सहभागीहरुले त्रैमासिक कार्ययोजना तयार गरेका छन । जसमा उनीहरु समुदायमा गएर महिला हिंसा, बाल विवाह, घरेलु हिंसा ऐन, महिला स्वास्थ्य जस्ता बिषयमा अभिमुखिकरण तथा तालिम सञ्चालन गर्ने योजना रहेका ओरेक रुकुम पश्चिमका संयोजक दिपा अधिकारीले जानकारी दिईन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto