जिल्लामा पत्रकरिता गरिरहेका पत्रकारहरुका साथै सञ्चार क्षेत्रमा रुची राख्ने जोसुकै व्यक्तिहरुको लागि पुस्तक उपयोगी रहेको छ । आमसञ्चार अनुसन्धान तथा शैक्षिक कार्यका लागि झनै महत्वपूर्ण सन्दर्भ सामग्रीको रुपमा पुस्तक रहने विश्वास लिइएको छ ।

आहा सञ्चार साप्ताहिक र आहा सञ्चार डटकमका सम्पादक मेगराज खड्काद्धारा लिखित रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा समेटिएको छ ।

जिल्लामा पत्रकारिता गरिरहेका पत्रकारका साथै सञ्चार क्षेत्रमा रुची राख्ने जोसुकै व्यक्तिहरुको लागि पुस्तक उपयोगी रहेको बताईएको छ ।
पुस्तकमा आमसञ्चार तथा पत्रकारिताको परिभाषा र अवधारणा सहित जिल्ला स्थित सञ्चालनमा रहेका पत्रपत्रिका, रेडियो, अनलाइन र टेलिभिजन संगै सञ्चार प्रविधिको इतिहास, बर्तमान, समस्या र समाधानका उपायहरु पुस्तकमा समेटिएको छ । त्यस्तै जिल्लामा पत्रकार महासंघ स्थापना, शुरुवाति रिपोर्टिङका बिषयमा अग्रजहरुको अनुभव तथा पत्रकारिता विकासका क्रममा जिल्लामा भएगरेका संघर्ष र घटनाक्रमहरु पनि समेटिएका छन । विशेषगरी आमसञ्चार अनुसन्धान तथा शैक्षिक कार्यका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको रुपमा पुस्तक रहने विश्वास लिइएको छ । पुस्तकको प्रकाशन तथा वितरण आहा सञ्चारले गरेको हो ।

१ सय ६४ पृष्ठ रहेको पुस्तकको मुल्य ५०० रुपैयाँ रहेको छ । पुस्तक रुकुम पश्चिम, रुकुम पूर्व र काठमाण्डौका पुस्तक पसलका साथै किताव यात्रा अनलाइन सपिङ मार्फत देश तथा विदेशका जुनसुकै ठाउँमा पनि अर्डर गर्न सकिन्छ । बजारमा आए लगतै पुस्तकको माग र विक्रि राम्रो रहेको बताईएको छ । जिल्लामा रहेर एक दशक लामो समयदेखि पत्रकारितामा क्रियासिल लेखक खड्का आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर समेत गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto