पुनम सिर्पाली
त्रिवेणी ७, रुकुम पश्चिम
हे व्यवस्था ?
हे व्यवस्था ? आखिर म पनी त खुलेर बाँच्न चाहान्छु,
आखिर म पनी त खूलेर हास्न चाहान्छु
हे व्यवस्था ? आखिर म पनी त मानिस नहि हुँ
आखिर म पनी त यो समाज को हिस्सा नहि हुँ
हे व्यवस्था ? यो समाज ले आखिर किन म संग भेदभाव गर्यो ?
म पनी त मानिस नहि हुँ,
फेरी किन जनावर झै दुव्र्यवहार गर्याै ?
हे व्यवस्था ? यो समाजले मैले सिलाए को लूगा त लगाउँछ ?
तर किन मलाई तुच्छ नजर ले हेरिराख्छ ?
हे व्यवस्था ? यो समाज मैले बनाएको घर मा बस्दछ
तर किन मलाई नै त्यो घर बाट अछूतो बनाउँछ ?
हे व्यवस्था ? आखरी किन यो समाजले,
मानिस मानिस बीच फरक गरेको छ ?
आखिर किन मानिस भित्र भएको
एउटै रगतलाई पनी दुइ नजरले हेरी रहेकों छ ?
हे व्यवस्था ? मलाई मेरो शरीर हेर्दा त
सिंङ्ग र पुच्छर आको छैन होला जस्तो लाग्छ ?
आखिर उनको र मेरो शरीर हेर्दा त
मलाई एउटै एउटै जस्तो लाग्छ ?
हे व्यवस्था ?, फेरी किन यो समाज ले मलाई खुलेर हास्न दिदैन ?
आखिर किन मलाई बिना भेदभाव यो समाज ले बाच्न दिदैन ?
हे व्यवस्था ?, आखिर कुन दिन यो समाजले बुझ्ने हो कि
रूदा सबै मानिसको आँखामा आशु नै हून्छ भनेर ।
आखरी कून दिन यो समाज ले बुझ्ने हो कि
काट्दा सबै को शरीरमा रगत रातो नै हुन्छ भनेर ।
हे व्यवस्था ?, कुन दिन यो समाजले बूझ्ने हो कि
छुवाछूत एस्तो रोग हो
जस्ले समाज लाई भित्रभित्रै क्यानसर बनाउछ भनेर ।
आखिर कुन दिन बुझने हो कि भेदभाव ले एउटै
मुलूकको मानिसलाई एक अर्का संग लड़ाउँछ भनेर ।
हे व्यवस्था ?यो समाजले मानिस मानिस एउटै होभन्ने कुरा
शिक्षित हुँदा र कानूनमा लेखिदा पनी बुझेन ।
हे व्यवस्था ? यदि तैले न्याय गर्छस भने
यो अन्धो समाजलाई आफ्नों तरीकाले बुझाई देउ ।
हे व्यवस्था समाजमा रहेका सबै मानिस एउटै
हुन यो सत्यलाई देखाई देउ ।
हे व्यवस्था ? यदि तैले मलाई मानिस हुने हक
दिएको छस भने आज मेरो पनी न्याय गरी दे
आज मेरो पनी न्याय गरी दे ।
हे व्यवस्था ? खुसीको मौकामा त यो समाज
मैले बजाएको धुनमा फनफनी नाँच्दछ ।
तर फेरी किन मलाई तेहि ठाऊमा अछूतो बनाउछ ?
हे व्यवस्था ? यो समाजले मैले बनाएको भाडोमा खाँदा त हुने रे
तर मैले छोएको खाँदा किन न हुने रे ।
हे व्यवस्था ?यो समाजले मैले बनाएको गाग्रोमा
पानी पिउदा त हुने रे
तर मैले छोएको पानी पीउँदा किन न हुने रे ?
हे व्यवस्था ?,आज मलाई भनी दे
तैले मानिस मानिस बिच फरक किन गरेको छस ?
के तैले मलाई २ कान र अरु जातलाई ४ कान दिएको होस र ?
हे व्यवस्था ?के तैले मलाई २ आंखा र अन्य जातलाई ४ आँखा दिएको होस र ?
के तैले मलाई १ मुटू र बाहुण क्षेत्रि लाई २ मूटू को मालिक बनाएको होस र ?
हे व्यवस्था ? त्यस्तो त पक्कै पनी छैन होला
सायद उनी संग मुटू नै न भएको फरक हामी बीच होला
किन भने यदि उनिहरु संग ४ कान हुन्थ्यो भने
यो गुहार र रूवाई लाई म भन्दा पहिले सुंन्थे होला
यदि उनी संग ४ आँखा हुन्थ्यो
भने समाजमा भैरहेको भेदभावलाई म भन्दा पहिले देख्थे होला ।
हे व्यवस्था यदि उनी संग दुुई मुटू हून्थ्यो भने
सायद मानिस मानिस एउटै हो भन्ने बूझ्थ्यो होला ।
यदि उनी संग मुटू नै हुन्थ्यो भने
सायद दलित भनी मानिस मानिस लाई छुट्यौदैन्थ्यो होला ।
हे व्यवस्था यदि उनी संग मुटू ननै हुन्थ्यो भने
सायद नबराज बि. क. ले ज्यान गुमाउनु पर्दैन्थ्यो होला ।
यदि उनी संग मुटू ननै हुन्थ्यो भने
सायद आज रुपा सुनारलाई न्यायको लागी लड़नु पर्दैन्थ्यो होला।
सायद आज जातीय भेदभावको न्यायको लागी
आंदोलन गर्नु पर्दैनथ्यो होला
सायद एउटा मानिसले अर्को मानिसलाई
म पनी मानिस नै भनेर चिनाउनू पर्दैनन्थ्यो होला ।