बर्षातमा जहिलै विद्युत समस्या

Byआहा सञ्चार

२०७८ श्रावण २४, आईतवार ११:०० गते

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट बजार र रुकुम पश्चिमको सबै पालिकामा विद्युतिकरण भईसकेको विद्युत सेवा हरेकवर्षको वर्षायाममा अनियमित हुने गरेको छ । सल्यानको श्रीनगरदेखी विस्तार गरिएको केन्द्रिय प्रसारणको ११ केभिए क्षमताको भोल्टेज कम हुँदा दुईवटै जिल्लाको विद्युत सेवा अनियमित हुने गरेको हो ।

केन्द्रीय प्रसारणको विद्युत सेवा विस्तार भएको पाँच वर्षसम्म पनि रुकुम पश्चिम र रुकुम पूर्वमा विद्युत अनियमित बन्दा उपभोक्ता मारमा परेका छन् । हरेक वर्ष मनसुन शुरु हुने बित्तिकै पटकपटक अनियमित भईरहने विद्युत सेवाका कारण दुईवटै जिल्लाका उपभोक्ताले राम्रोसंग बिद्युत प्रयोग गर्न नपाएको गुणासो गर्दै आएका छन् । अनियमित विद्युतसेवाबाट ईन्टरनेट, फोन तथा विभिन्न कार्यालय, उद्योग, कलकारखाना लगायतको काम प्रभावित भएको हुँदा जिल्लाबासीले विद्युत सेवा नियमित गर्नुपर्ने स्थानीय हरिबहादुर खत्रीको भनाई छ । जिल्लामा विस्तार गरिएको केन्द्रीय प्रसारणको विद्युतसेवा अन्य समयमा भन्दा वर्षायाममा बढी अनियमित बन्ने गरेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमले भने श्रीनगरदेखि रुकुम सम्मको ठाउँ ठाउँमा पहिरो जाने र रुख भाँचिएर पोलमा आउने समस्याका कारण विद्युतसेवा अनियमति हुने गरेको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचण भट्टराईले बताए ।

रुकुम पूर्व र पश्चिममा मात्र झण्डै १२ हजार बढी घरधूरीले केन्द्रीय प्रसारणको विद्युत उपभोग गर्दै आएका छन् । गाउँगाउँमा समेत केन्द्रिय प्रसारणको विद्युतसेवा विद्युतिकरण भईसकेकोले अब रुकुम पश्चिमको धैरेनीचौरमा निर्माण गरिएको ३ एमभिए क्षमताको विद्युत सवस्टेशनबाटै विद्युत सेवा नियमित गर्ने तयारी गरिएको छ । तर कोरोनाका कारण विद्युत सवस्टेशन सञ्चालनमा ढिलाई भएको वितरण केन्द्रको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
adv.