‘विप्लव’ नेतृत्वको नेकपाले भारतीय एसएसबीका कारण दार्चुलाका जयसिंह धामीको हत्या भएको भन्दै त्यसको विरोधमा रुकुम पश्चिममा पनि विरोध प्रदर्शन गरेको छ । नेकपाले देशभर विरोधका गतिविधिहरु गरिरहेको छ । सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या, हिंसा बन्द गर लगायतका नारा विरोध कार्यक्रममा लगाईएको थियो ।

महाकाली नदीमा तुईनबाट तर्ने क्रममा भारतीय एसएसबीले तुईनको तार काटिदिएर नदीमा बेपत्ता भएको भन्दै उक्त घट्नाको विरोधमा देशव्यापी रुपमा प्रदर्शन भैरहेको छ । मुसिकोट खलंगामा सम्पन्न विरोध सभामा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा (विश्व), जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा,सल्लाहकार समिति सदस्य प्रेमबहादुर खड्का लगायतको नेतृत्वमा विरोधसभा भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य मोतीराम खड्काले गरेका थिए । विरोध कार्यक्रममा बोल्दै नेकपाका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा(विश्व)ले जयसिंह धामीको हत्याको दोषीलाई कारबाहीको माग गरे । साथै भारतीय दादागिरी रोक्न नेपाल र नेपाली जनताको रक्षा गर्न वर्तमान राज्यसत्ताले नसकेको हुनाले नयाँ राज्यव्यवस्था बैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने र त्यसैको लागि आफ्नो पार्टीले संघर्ष गरिरहेको बताए । कालिका थान बाट ¥याली शुरु भई पुनः कालिका थानमा आएर कार्यक्रम सभामा परिणत भएको थियो !

adv.
फेसबुक प्रतिक्रियाहरु
try