रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलनको आयोजना गरि प्रारम्भिक अनुसन्धानबाट दुई जना संलग्न भएको देखिएकाले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताएको छ ।

घटनामा संलग्न भनिएका दुई जना नै नावालक भएका कारण उनीहरुको फोटो तथा नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ध्रुव कुमार श्रेष्ठले बताए । घटनामा संलग्न ११ र १५ बर्षिय दुई बालक मृतक मनकलाकै आफन्त तथा एकै घरका दाजुभाई समेत हुन । मनकलाको हत्या गरी मकै बारीमा फालेर उनको नाक, कानमा भएका सुनका गरगहना समेत लिईएको थियो ।

adv.

प्रहरीका अनुसार पक्राउ परेका दुई वालकको घरबाट मनकलाका सुनका गरगहना र हत्यामा प्रयोग भएका हसिया लगाएका दशी बरामद गरिएको प्रहरीको भनाई छ । घरायसी तथा ब्यक्तिगत इगोका कारण घटना घटाईएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मनकलाको बलात्कार पछि हत्या भएको हुनसक्ने प्रचार भएपनि प्रारम्भिक अनुसन्धानबाट त्यस्तो नदेखिएको र थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
सुन्नहोस यस्तो छ मनकला हत्या घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको विवरण

फेसबुक प्रतिक्रियाहरु
try