मकैबारीमा शव फेला

Byआहा सञ्चार

२०७८ श्रावण १२, मंगलवार ११:५६

रुकुम पश्चिममा एक महिलाको शव भेटिएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर –४, खारा की अन्दाजी २५ वर्षिया मनकला खत्री खड््काको शव भेटिएको हो ।

गएराति घर नजिकैको गोठमा भैंसीलाई घाँस हाल्न गएकी खड्काको शव मकैबारीमा फेला परेको मृतकका आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शवको विषयमा अनुसन्धान भईरहेको छ ।

adv.

मृतकका आफन्तले भने खड्काको बलात्कार पछि हत्या गरिएको आशंका गरेका छन् । तर प्रहरीले शव फेला परेको ठाउँमा पुगेर तालिम प्राप्त कुकुरबाट अनुसन्धान कार्य शुरु गरिएको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
try