राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमले आफ्नो स्थापनाको १४ औं बार्षिकोत्सव कार्यक्रम असार २६ गते रुकुम खलंगामा गर्ने निर्णय गरेको छ । सोमबार सदरमुकाम खलंगा स्थित कार्यालयमा बसेको परिषदको बैठकले असार २६ गते आयोजना हुने उक्त कार्यक्रमहरुलाई व्यवस्थित बनाउन बिभिन्न समितिहरुरु पनि बनाएको छ ।
जस अनुसार प्रतिबेदनमा मनलाल ओली र गिरीप्रसाद बुढा, प्रचारप्रसारमा मेगराज खड्का र गिरीप्रसाद बुढा, व्यवस्थापनमा ओमबहादुर खत्री, कमप्रसाद देवकोटा र एक्कबहादुर केसी रहेको परिषदका अध्यक्ष मनलाल ओलीले जानकारी दिए । त्यस्तै अतिथि सत्कारमा मुकुन्दप्रसाद शर्मा र रुपा केसी रहेका छन । बैठकले परिषद मार्फत सञ्चालित दुईवटा साहित्यिक अक्षयकोष पुरस्कार पनिउक्त कार्यक्रममा वितरण गर्ने निर्णय गरेको छ । जस अनुसार रुकुम साहित्य माला पुरस्कारबाट साहित्यकार नदिराम केसीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । मनलाल ओली संयोजक रहेको उक्त पुरस्कार छनोट समितिमा गिरिप्रसाद बुढा र सिर्जना शर्मा सदस्य रहेका थिए ।
त्यस्तै परिषदद्धारा सञ्चालित सुमना–सुमन साहित्य पुरस्कार पत्रकार मनिष खड्कालाई प्रदान गरिने निर्णय भएको छ । परिषदमार्फत गठन गरिएको अक्षयकोष पुरस्कार छनोट समितिको बैठकले मंगलबार यस्तो निर्णय गरेको हो । मुकुन्दप्रसाद शर्मा संयोजक रहेको उक्त छनोट समितिमा मेगराज खड्का, एक्कबहादुर केसी र रुपा केसी सदस्य रहेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto