महिला पुर्नस्थापना केन्द्र ओरेक नेपालको सहयोग र स्थानीय तह संगको समन्वमा रुकुम जिल्लाका द्धन्द्ध प्रभाबित, सुत्केरी, गर्भबती, अपाङ्गता भएका, अतिबिपन्न, एकल महिला लगायत ३ सय परिवारको लागि राहत बितरण अन्र्तगत आईतवार बाफिकोट गाउँपालिका १ लागिनमा ५० जना महिलालाई राहत बितरण गरिएको छ ।

वडा अध्यक्ष हर्कु मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षकै हातबाट सामग्री हस्तान्तरण गरिएको थियो । ओरेक रुकुमका अनसार अनुसार यहि साता जिल्लाका अन्य बिभिन्न ६ वटा वडामा पनि राहत बितरण गरिने छ । त्रिबेणी गाउँपालिका वडा न. ३, ४, ५, र बाफिकोट गाउँपालिका १, २ वडामा बितरण गरिए जस्तै मुसिकोट नगरपालिका वडा न. ८ मा पनि राहत सामाग्री बितरण गरिने छ । राहत सामग्रीमा चामल, दाल, चना, तेल, नुन, सेनेटरी प्याड, साबुन र सरफ लगायतका छन् । त्यसै गरि महिलाका लागि अत्याबस्यक सुरक्षित सामाग्री (डिग्नीटी किट) पनि बितरण गरिने छ ।

जसमा म्याक्सी, पेटिकोट, भित्रि कपडा, टवेल, ब्रस, मन्जन, स्याम्फु, साबुन, सरफ, नङकट, लोसन, काईयो, टिका, रबर, झोला, टर्च लगायतका सामाग्री रहने ओरेकले जनाएको छ । कोरोना महामारीका समयमा बेरोजगारी बढे पछि घरमा चुलो बल्न छोडेका उनिहरुलाई ओरेकको यो सहयोगले सहज हुने स्थानीय जनप्रतिनिधिहरु बताउछन् । जनप्रतिनिधि समेतको उपस्थितीमा बितरण गरिएको राहतले बिपन्न र समस्यामा परेकाहरुलाई दैनिक जीबनयापनमा केहि सहजता हुने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto