नेपालको कर्णाली र सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित कुप्रथामा आधारित नेपाली कथानक चलचित्र टालो अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको छ ।
रिम विश्वकर्माको कथा अनी दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन मा निहारिका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओएसआर बाट रिलिज भएको हो । जसमा रिम विश्वकर्मा, अन्जली खड्का, प्रेम देव गिरि, सुशिला सिंजापती, सुशिला सिं, उदय बि के, गगन बि के,एलिशा बादी, सम्झना बादी, खगेन्द्र के पी , भुपेश सोनि, शेरबहादुर, खगेन्द्र जैसी, जमुना बि क आदि जस्ता नया अनुहारले पर्दापण गरेका छन । फिल्ममा भएको दुइटा गितमा मेलिना राई, शान्ती श्री परियार, रिषी खड्का को आवाज रहेको छ । रमेश बि जि र ऋषि खड्काको शब्द रचना रहेको छ ।

उत्तम रिमाल को द्वन्द निर्देशन रहेको उक्त चलचित्रमा दुई ओटा द्वन्दको दष्य समावेस गरिएको छ । खास गरि छुई (मासिक श्राव) को बेला महिलालाई छ दिन सम्म घर मा बस्न नदिई गोठ मा वा जङ्गल मा सानो गोठ बनाएर बस्न बाध्य गराईने अमानविय कुप्रथालाई उन्मुलन गर्न सहयोग पुगोस भनेर फिल्म निर्माण गरिएको हो कथाकार तथा निर्माता रिम विश्वकर्मा बताए । वास्तविक दृष्य छायांकन गरि बनाईएको उक्त चलचित्र सम्पुर्ण नेपालीले एकपटक हेर्नै पर्ने निर्देशक दीपक श्रेष्ठको भनाई छ । कथामा जीवन्तता आओस भन्ने हेतुले स्थानीय कलाकारलाई नै समावेस गराईएको निर्माण पक्षको भनाई छ ।

election adv.

हेर्नुहोस फिल्म

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto