रुकुम पश्चिमका ६ राजनीतिक दलहरुले कोरोना संक्रमितको प्रभावकारी चेकजाँच र उपचारको प्रबन्ध गर्न माग गरेका छन ।
जिल्लामा कोरोना महामारि फैलिएको तर जिल्ला अस्पतालमा गएको वर्ष खरिद गरिएका भेन्टिलेटर सहितका उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्किएको भन्दै त्यसलाई तत्कालै सुचारु गर्न माग गर्दै रुकुम पश्चिमका ६ राजनीतिक दलहरुले सोमबार प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेलाई १६ बुँदे सयुंक्त ज्ञापनपत्र बुझाएका छन ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र सहज जनजीवन निर्वाहका निम्ति जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायहरूलाई जिम्मेवार, जवाफदेही र कर्तव्यबोध गराउनको निम्ति संयुक्त ज्ञापनपत्र बुझाएको नेकपाका नेता नरेन्द्र विकले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउन (नेकपा) एमाले का नेता नन्दराम देवकोटा, नेपाली काग्रेसका नेता कृष्ण बहादुर रोकाय, जनता–समाजवादी पाटीका नेता प्रसराम खत्री, राष्ट्रिय जनमोर्चाका नेता गिरीप्रसाद बुढा, नेकपाका नेता नरेन्द्र विक, राप्रपाका नेता सुधीरविक्रम शाहलगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto