डिल्लीबहादुर खत्री / चौरजहारी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर प्रमुखको नेतृत्वमा आपतकालीन टिम बनेको छ । बिरामी प्रभावित गाउँ गाउँमा पुग्नको लागि आपतकालीन टिम बनेको हो । नगर प्रमुख बिशाल शर्मा , स्वास्थ्य शाखा सह संयोजक डन्ड शर्मा , अहेव तबिन्द्र राना , हेल्थ असिस्टेन्ट तिलकबहादुर कुमाल , जनस्वास्थ्य निरीक्षक हिमालय राना र रामबहादुर सुनार रहने गरि आपतकालीन टिम बनेको हो । आपतकालीन टिम कुनै गाउँमा स्वास्थ सम्बन्धि कुनै समस्या देखिने बित्तिकै उक्त गाउँमा पुग्ने बताइएको छ । स्वास्थ्य शाखा सह संयोजक डन्ड शर्माका अनुसार उक्त टिमले गाउँमा पुगेर बिरामीको स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्य सम्बन्धि जानकारी दिनेछ । उहाँका अनुसार बिरामीको अवस्था बुझेर कोहि कोरोना शंकास्पद देखिए तत्काल परिक्षण गर्ने र अस्पतालको सम्पर्कमा ल्याइनेछ । पल्सअक्सिमिटरले सम्बन्धित ठाउमा नै बिरामीको अवस्था चेकजाँच गर्छौ र केहि मात्रामा औषधि दिन्छौं उहाँले भन्नुभयो त्यसपछि आवश्यक पर्ने बिरामीलाई अस्पताल पुर्‍याउछौ जसको लागि हाम्रा एम्बुलेन्सहरु तयारी अवस्थामा रहेका छन । अहिले नगरपालिकामा सहिद स्मृति नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी , चौरजहारी अस्पताल कोरोना बिरामीको उपचार गर्न तयारी अवस्थामा रहेका छन । नगरपालिकामा बैशाख यता ८८ जनामा कोरोना पुष्टि भएको छ भने २७ जना डिस्चार्ज भैसकेका छन । ५ जनाले उपचार छ भैैैहेको छ । ८८ जना कोरोना संक्रमण मध्ये १० नगरपालिका बाहिरका हुन ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto