डिल्लीबहादुर खत्री/चौरजहारी
आर्थिक र जनशक्ति अभावका कारण पछिल्लो ५ महिनादेखि बन्द भएको आरटी पिसिआर कोरोना परिक्षण प्रयोगशाला कर्णाली प्रदेशको सहयोगमा पुनः सञ्चालनमा ल्याइएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १ बर्ष अघि वडा न. २ मा पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याए पनि कतैबाट सहयोग नपाउदा बन्द भएको थियो । कर्णाली प्रदेश सरकारले पिसिआर प्रयोगशालालाई १० लाख आर्थिक सहयोग गर्ने निर्णय पछि    पुनः सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य शाखा सह संयोजक डन्ड शर्माका अनुुसार  कर्णाली प्रदेशले  सहयोग गर्ने     निर्णय गरेको रकम पनि  प्रयाप्त  हुने  छैन ।  उनले भने अझै सम्बन्धित निकायसँग आवश्यक सहयोग गरिदिन माग गर्दछौं । उनका अनुसार प्रयोगशालामा नगरपालिकाकै जनशक्तिलाई खटाइएको छ । प्रयोगशाला सञ्चालन भएपछि आजै देखि पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न सुरु गरिएको छ । उक्त पिसिआर प्रयोगशालाबाट रुकुम , सल्यान , जाजरकोटका स्थानीयको कोरोना परिक्षण गर्दै आएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto