नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले रुकुम पूर्वमा पत्रकार माथी भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । आज छुट्टाछुट्टै बिज्ञप्ती निकाल्दै रिपोटिंगको क्रममा रुकुम पूर्वका पत्रकारहरु जितेन्द्र बुढाथोकी र विक्रम परियारलाई रुकुम पुर्व पुथा उत्तरसंगा गाउँपालिका ९ का बडा अध्यक्ष सुर बहादुर रोकाले दुव्र्यवहार र हातपातको प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
जिल्ला शाखा रुकुमका सचिब हिरा परियार र कर्णाली प्रदेश समितिको तर्फबाट महासचिब खगेन्द्र भट्टराईको हस्ताक्षर भएको बिज्ञप्तीमा पत्रकारको संबैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसंग माग गर्दै पत्रकारलाई स्वतन्त्र र निर्वाध रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
फेसबुक प्रतिक्रियाहरु