नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जिल्ला सदरमुकाममा क्रियाशिल सञ्चारकर्मी र संचारगृहलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो । कोरोना भाइरस संक्रमणको उच्च जोखिमका बिच अग्रभागमा रहेर सूचना प्रवाह गर्ने सञ्चारकर्मी र संचारगृहलाई शुक्रबार मास्क स्यानिटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।

जिल्लाका सदरमुकाम खलंगामा रहेका क्रियासिल सञ्चारकर्मी तथा सञ्चारगृहको लागि १ हजार ५ सय ओटा मास्क र २५ ओटा स्यानिटाईजर प्रदान गरिएको महासंघ जिल्ला शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । उनका अनुसार अध्यक्षको नेतृत्वमा महासंघकाको टिम संचारगृह र संचारकर्मीहरु समक्ष पुगेर उक्त सामाग्रीहरु उपलब्ध गराएको हो । सदरमुकाम बाहिर र रुकुम पूर्वका लागि महासंघका प्रतिनिधिहरु मार्फत स्वास्थ्य सामग्रीहरु पठाईएको बताईएको छ ।

उक्त स्वास्थ्य सामग्री प्रदानका लागि पत्रकार महासंघलाई पहाडि साना किसानका लागि अनुकुलन आयोजना (आशा), हरप्लेस रुकुम, युनाईटेड सर्जिकल दाङ र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको सहयोगमा प्राप्त भएको थियो । जिल्लाका संचारकर्मीहरुलाई पहिलो चरणमा उक्त सामाग्री उपलब्ध गराईएको र आगामी दिनहरुमा पनि अन्य निकायको सहयोगमा थप सामग्री उपलब्ध गराईने महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto