डिल्लीबहादुर खत्री
चौरजहारी
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चौरजहारी नगर कमिटिको बैठक सम्पन्न भएको छ । सर्वाेच्च अदालतको पुरानै पार्टीमा फर्किने फैसलापछि माओवादी केन्द्रको पहिलो बैठक बसेको हो । वडा न. २ स्थित गौतम होटलमा बैठक भएको हो ।
बैठकमा सबै वडाले राजनितीक, संगठनिक र आर्थिक बिषयमा प्रतिवेदन पेस गरेका छन । प्रतिवेदनमा बैठकले छलफल गर्दै चौरजहारी पार्टीमा पार्टी एकताकै टिम रहेको निष्कर्ष निकालेको छ । अधिकांश वडा र नगरपार्टीमा पार्टी एकताकै टिम छ । एमाले र माओवादी एकताबाट बनेको कमिटि हाल पनि नछुटिएर एउटै कमिटिमा बसेर काम गरिरहेका छन ।

बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच भएको एकता कायमै छ कि भन्ने झल्को दिएको छ । जस अनुसार नगरपार्टी सचिव बिरबहादुर राना, खुम भण्डारी, प्रेम शाह, नारायण खनाल, कृष्णलाल बिक, नारायण शर्मा लगायतको माओवादी केन्द्र चौरजहारीको बैठकमा उपस्थिति रहेको थियोे । बैठकलाई सम्बोधन गर्दै जिल्ला पार्टी अध्यक्ष गोपाल शर्मा अनलले फुटेर जित सम्भव नभएकोले पार्टी एकताकै टिम आधिकारिक भएको हुने र कसैलाई पार्टी प्रवेश गरेजस्तो अनुभव नगर्न भनेका छन् । त्यस्तै शर्माले रुकुमबाट समाजवाद सुरु गर्ने जिम्मा काँधमा आएकोले सबै एक भएर लाग्न समेत निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto