इतिहास परियार
नगरपालिका भएपनि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने नगरपालिका हो । नगरपालिकाको कार्यालयबाट कुनै वडामा पुग्न त एक दिन भन्दा बढी समय लाग्छ । त्यस्तै दुर्गम वडा हो वडा नम्बर ३ । २०७४ मा भएको स्थानीय निर्वाचन पछीको साबिकको स्यालाखदि हाल आठबिसकोट नगरपालिका ३ भएको छ । जहाँको वडाध्यक्ष केसरमान बिक हुनुहुन्छ । उहाँले वडाको विकास र परिवर्तनको लागि धेरै कामहरु गर्नुभएको छ । जनताको मन मुटुमा बस्न सफल हुनु भएको छ ।
उहाँ पछिल्ला केहि एकदुई वटा घटनामा जोडिएर प्रहरी प्रशासनको नजरमा दादागीरी र अभद्र ब्यक्तिको रुपमा चित्रण गरियो । केहि मुद्धा खेप्नु प¥यो । तर जनताको नजरमा भने विकास प्रेमी नै हुनुहुन्छ । उहाँले अन्याय अत्याचार शोषण, दमनको बिरुद्धमा अस्तित्वको लडाई लड्दै गर्दा प्रशासनको दृष्टिकोणमा खराब देखिनु भएको पनि हुनसक्छ । उहाँले सँधै भन्ने गर्नुहुन्छ बरु वडा अध्यक्ष पदबाट म राजिनामा दिन किन नपरोस तर गाउँको विकास र अन्याय र अत्याचारको बिरुद्ध खुलेर लडिरहन्छु । उहाँ ३ नम्बरको अध्यक्ष भएपनि १ देखि ६ न वडा सम्मको युवा नेतृत्वको रुपमा चिनिनुहुन्छ । उहाँलाई त्यस क्षेत्रका जनताले विश्वास गर्दछन । उहाँले वडाको विकास मात्र नभइ जनताको अभाव समस्या पिडाहरुमा सहयोगको लागि सँधै अग्रसर भएको अहिले त्यँहाका युबाहरु सबैले वडा अध्यक्षकै विकासको आशामा परेका छन र धेरै जसो बेरोजगारमा बस्नुपरेको छैन ।
युबाहरुको धेरै आशा सफल पनि भएको छ । रुकुम जिल्लाको निकै दुर्गम क्षेत्र स्यालाखदी वडा सरकारहरु बनेपछि पहिलेको तुलनामा धेरै विकास भएको छ । तर अझै पनि गर्न धेरै बाँकी छ । निर्वाचन पछि सुगम जस्तो महसुस गरिएको छ । रुकुमको धेरै भुभागमा बिजुलि बत्ति पुग्न बाँकि छ जनताहरु अन्धकारमा बस्नुपरेको बाध्यता छ तर वडा नम्बर ३ मा भने केन्द्रीय बिद्युत लाईन जडान गरि गाँउ झिलिमिलि भएको छ । त्यहाँका जनताले उज्यालो देख्न पाएका छन । नदुवाको डाडा देखि चिसो सिरेटोले सताईदै हिडेर दिनभरिमा खदि गाँउमा पुगिन्थ्यो भने अहिले गाडि चल्ल थालेकाछन । खुशिको कुरा र उदाहरणीय कुरात यो छ कि वडामा मदिरा जन्य पदार्थ निषेधित पनि गरिएको छ । नगरपालिकाभरी मदिरा व्यवस्थापनका लागि चालिएको कदम जस्तै वडामा पनि त्यसलाई निरन्तरता दिईएको छ । संचारको अभावमा पिल्सियको त्यो ठाउँ अहिले आठबिसकोट एरियाकै राम्रो टेलिफोन टावर जडान भएको छ । जसका कारणले गर्दा फोन गर्न आठविकासकोट आउनुपर्ने नागरिकहरु गाउँबाटै टेलिफोन सेवा लिन पाएका छन ।
तरपनि अझै प्रभावकारी बनाउन निरन्तर पहल गर्नुपर्ने देखिन्छ । सेवालाई गुणस्तर बनाउन आवश्यक छ । पहिले बाटो आयो दोस्रो संचारको जडान र बिजुलु बत्ति बल्यो र सँधै बल्ने छ भन्ने आशा आमजनता रहेका छन । निर्वाचनपछि जनताले वडा अध्यक्ष मार्फत वडाको विकासका महत्वपुर्ण योगदान गरेको बताउछन । त्यसका साथै प्राकृतिक सुन्दरता र पर्यटन विकासको लागि समेत केहि सानातिना काम भएका छन । झारमारे लेकको चिसो सिरेटो र खामेको तपिलो बातस सँगै गोतामकोटको उज्यालो नया डाडा भनिने ठाँउहरु बाट रमनिय पर्यटकिय स्थल विकास निर्माण पछिको उज्यालो स्यालाखदी अबलोकन गर्न पाईन्छ । रुकुम पश्चिम तथा देशभरका सबैलाई वडा नगरपालिका, हाम्रो वडामा रहेका पर्यटकीय स्थलहरुको अवलोकन गर्न यसै लेखरचना मार्फत आमन्त्रण पनि गर्दछु ।