विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबिच ३ बुदे सहमति भएर प्रतिवन्ध फुकुवा भएपछि बिभिन्न कार्यक्रममा तिब्रता दिईएको छ । प्रतिवन्ध फुकुवा भएको भोलीपल्ट सदरमुकाम खलंगा कार्यक्रमको आयोजना गरि जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए । जसमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज चन्द्र बुढा सहितका नेता कार्यकर्ताले सम्बोधन समेत गरेका थिए ।
त्यसलगतै एकिकृत जनदिशा अभियान नाम दिएर गाउँगाउँमा आमसभाका कार्यक्रमहरु सञ्चालन गरिएका छन । मंगलबार रुकुम पश्चिमको बाँफिकोटमा कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै जिल्लाका अन्य ठाउँहरु छिनखेत,मेलगैरी,बाँफिकोट नेटा ,मग्मा ,नदुवामा पनि कार्यक्रम सञ्चालन भएको र अन्य ठाउँहरुमा पनि हुने बिद्यार्थी नेता प्रेमप्रशान्त बोहराले जानकारी दिए ।
सदरमुकाम खलंगामा भएको कार्यक्रममा ब्यक्त भनाई सुन्न तलको युट्युब लिंक क्लिक गर्नुहोस ।