नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रकृया बिघटन भएपछि रुकुम पश्चिममा पनि साविकको नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालय स्थापना गरिएको छ । रुकुम पश्चिमको सेरिगाउँमा बिहिबार उद्घाटन गरिएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले साईनबोर्ड पढेर जिल्ला पार्टी कार्यालयको औपचारिक उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र रुकुमका अध्यक्ष गोपाल शर्मा अनलले आजदेखि पार्टीको कार्यसम्पादन यहि कार्यालयबाट हुने बताए । ‘सेरिगाउँ स्थित यहि पार्टी कार्याललयबाट नियमित गतिबिधी शुरु भएपनि पुरानो कार्यालयको ठाउँमा नयाँ भवन निर्माणको काम पनि छिटै शुरु हुन्छ’ उनले भने, ‘यसअघिको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जीर्ण भएका कारण त्यसलाई भत्काएर नयाँ भवन निर्माण शुरु हुने कुराको पनि जानकारी गराउदछु ।’ माओवादी केन्द्रको पार्टी कार्यालय यसअघि सदरमुकाम खलंगा स्थित जिसस भवन नजिकै रहेपनि माओबादी र एमालेको पार्टी एकिकरण पछि एमाले पार्टी कार्यालयमा नै नेकपाको कार्यालय राखिएको थियो । जिल्ला पार्टी कार्यालय स्थापना संगै जिल्लाका ६ वटै स्थानिय तहमा पनि एकसाथ पार्टी कार्यालय स्थापना भएको अध्यक्ष शर्माले जानकारी दिए । जिल्ला पार्टी कार्यालय उद्घाटनको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto