रुकुम उद्योग बाणिज्य संघ रुकुम पश्चिमको १३ औं साधारणसभा तथा २५ औं स्थापना दिवस उद्घाटन गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कमानबहादुर खड्काले ब्यानर पढेर साधारणसभाको उद्घाटन गरेका हुन । सदरमुकाम खलंगा स्थित बालमन्दिर हलमा भैरहेको साधारणसभा अन्तरगत अहिले उद्घाटन शत्रको कार्यक्रम चलिरहेको छ भने बन्दसत्र पछि आजै कार्यक्रम सम्पन्न हुने रुकुम उद्योग बाणिज्य संघका संयोजक पलबहादुर खड्काले जानकारी दिए । बन्दशत्रमा आर्थिक तथा सांगठनिक प्रतिबेदन पेश हुनेछ ।
कार्यक्रममा उद्योग बाणिज्य संघ रुकुमको स्थापनाकाल तथा त्यसपछिका कार्यसमितिको नेतृत्वमा रहेर योगदान गर्ने ब्यक्ति पूर्वअध्यक्षहरु र स्थापना दिवसको अवसरमा संचालित बिभिन्न खेलकुद प्रतियोगीताको बिजेतालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै बिभिन्न दुर्घटनाबाट समस्यामा परेका ब्यवसायीहरुलाई आर्थिक सहयोग पनि गरिएको छ । संघका सहसंयोजक दलबहादुर खड्काको सञ्चालन रहेको साधारणसभा उद्घाटन शत्रमा मुसीकोट नगरपालिकाका प्रमुख देबिलाल गौतम, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य धनबिर ओली र जिल्ला स्थित राजनैतिक दल, सरोकारवाला निकाय लगायतका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको छ ।