रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाले नगरक्षेत्रमा रहेका सहिदका परिवारहरुलाई सम्मान गरेको छ । नगरपालिकाले नगरक्षेत्रमा रहेका सम्पूर्ण सहिदका परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम अनुसार शुक्रबार ९९ जना सहिद परिवारलाई सम्मान गरेको छ ।
सहिद प्रतिष्ठानको सभाहल सेरीगाउँमा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभाका सदस्य एबं सामाजिक विकास समितिका सभापति देबी ओली र मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमले सयुक्त रुपमा सहिदका परिवारहरुलाई खादा र उपहार स्वरुप काँसको अम्खरा दिईएको हो । नगरक्षेत्रमा रहेका रुकुमेली कम्युनिष्ट आन्दोलनका पहिलो सहिद कामी बुढादेखि लिएर जनयुद्ध तथा जनआन्दोलनका क्रममा शाहदत प्राप्त गर्ने सबै सहिदका परिवारलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका उपप्रमुख प्रेम कुमारी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले गरेका थिए । कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय र पत्रकारहरुको सहभागीता रहेको थियो ।