गौतमको २२ औं स्मृति दिवस मुसीकोटमा

Byआहा सञ्चार

२०७७ फाल्गुन २१, शुक्रबार १०:१६

यदु स्मृति प्रतिष्ठान रुकुम पश्चिमले सहिद यदु गौतमको २२ औं स्मृति दिवस मुसीकोटमा मनाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमको पार्टी कार्यालय बागबजारमा कार्यक्रमको आयोजना गरिएको हो । सहिद सप्ताह अन्र्तगत जनयुद्ध तथा अन्य राजनीतिक आन्दोलना ज्यान गुमाएका सबै सहितहरुको सम्मानका जिल्लाभर बिभिन्न कार्यक्रम आयोजना गरेर मनाईदै छ ।

जस अनुसार आज यदु गौतमको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सदस्य देवि ओलीले सहिदहरु सबैको आदर्शका पात्र भएका कारण साझा रुपमा सम्मान गर्नुपर्ने बताईन । हाल अहिले कम्युनिष्ट पार्टी भित्र देखिएको समस्याको बिरोधी स्वभावका पात्र गौतम भएको भन्दै उनको राजनीतिक दिशा र सपना पुरा गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखिन । त्यस्तै नेकपाका कर्णाली प्रदेश सदस्य महेन्द्र केसीले देशमा आएका सबै परिवर्तनको योगदान सहिदहरुको बलिदानबाटै आएको बताए ।

पार्टीका केन्द्र, प्रदेश र स्थानीय तहमा सबै नेताकार्यकर्ताले त्यसको बोध गर्दै कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट कार्यदिशा र आचरणकै बनाउन पहल र गम्भीर भएर सोच्नु पर्ने धारणा राखे । यदु स्मृति प्रतिष्ठान रुकुम पश्चिमका उपाध्यक्ष भिउमान घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, नेकपा कर्णाली प्रदेश सदस्य धनबिर ओली, गोपेश्वर केसी लगायत जिल्ला स्थित अन्य नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन नेकपा रुकुम पश्चिम प्रचार बिभाग प्रमुख धनराज खड्काले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto