डिल्लीबहादुर खत्री
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक डेरीले किसानको घरघरमा पुगेर दुध संकलन गर्दै आएको छ । जहारीखोला नमुना कृषि सहकारी संस्थाले वडा न. २ मा सञ्चालनमा ल्याएको दुग्ध डेरीले किसानको घरघरमा पुगेर दुध संकलन गर्ने गरेको छ । किसानले उत्पादन गरेको वस्तु सजिलै बजारसम्म पु¥याउने उदेश्यले किसानको घरमै पुगेर दूध संकलन गर्न सुरु गरिएको हो ।
प्रदेश सरकारको कृषि मन्त्रालयले दूध संकलनको सहकारीलाई गाडी उपलब्ध बनाएपछि नगरपालिका भित्रका सबै पुगेर घरबाटै दूध संकलन शुरु गरेको हो । सहकारी संस्थाले वडा न. १२ का संगम शर्मालाई बर्षमा निश्चित भाडा बुझाउने गरि दुग्ध डेरी र गाडी भाडामा दिएपछि अहिले शर्माले डेरी सञ्चालन गरिरहेका छन् । उनका अनुसार किसानको घरआगनबाटै प्रतिलिटर ४० रुपैयाँका दरले संकलन गरि डेरी मार्फत उपभोक्तासम्म ताजा दूध पु¥याउने गरिएको छ । ‘हामीले एक दिनमा एक सय पचास लिटर दूध, २० लिटर दहि र दुधबाट बन्ने विभिन्न परिकारहरु बजारमा बिक्री गर्ने गरेका छौं’ सञ्चालक संगम शर्माले भने, ‘दूध प्रतिलिटर ६० र दहि ८० ले बिक्री गर्ने गरेका छौँ ।’ मंसिरदेखि डेरी भाडामा लिएर सञ्चालनमा ल्याईएको हो ।
किसानले वस्तु बिक्री गरिसकेपछि पैसा सजिलै पाउनुपर्छ भनेर हरेक महिनाको ५ गते र १३ किसानको घरमै पुगेर दुधको पैसा बुझाउने गरेको उनको भनाई छ । हाल बजारको माग भन्दा कम मात्रै दुध आउने गरेको छ । किसानको घरमै पुगेर दूध संकलन गर्न लागेपछि किसान पनि खुसी भएको स्थानीय कृषक मिना रोकाले बताईन । यस अघि उपभोक्ताको पसल वा घरसम्म दूध पु¥याउनु पर्ने भएपनि सहकारी मार्फत घरबाटै दूध बिक्रि हुन थालेपछि निकै सहजता भएको छ ।