रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्माका युवा साहित्यकार कर्णबहादुर खत्रीको ‘घाइते मुटु’ नामक मुक्तक संग्रह बजारमा आएको छ । एक कार्यक्रमका बिच मुक्तक संग्रह बाँफिकोटका अध्यक्ष धर्मबहादुर केसीले बिमोचन गरेका छन ।

खत्रीले मुक्तक संग्रहमा बिभिन्न बिषयबस्तुमा आधारित मुक्तकहरु समेटेका छन । शारिरीक रुपमा अपांगता समेत रहेका खत्रीलाई उक्त मुक्तक संग्रहका लागि अमेरिकामा बस्ने बिभिन्न नेपालीहरुले आर्थिक सहयोग गरेको बताईएको छ । उनले लेखेका मुक्तकलाई संग्रहका रुपमा बजारमा ल्याउनका लागि बाँफिकोट ६ मग्मा घर भइ हाल अमेरिका रहेका किशोर कुसारीको पहलमा त्यहाँ रहेका ११ जना रुकुमेलीले मुक्तक संग्रह प्रकाशनका लागि २१ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

त्यस्तै साहित्यकार भुपाल रावतको दोस्रो संग्रह जुन हराएको रात नामक उपन्यास छिटै बजार ल्याउने तयारी गरिएको छ । निम्न वर्गीए परिवारमा हुर्किएका दुई पात्र बिचको प्रेम कथा लेखिएको यो उपन्यासमा पुरुशोत्तम न्यौपाने, कमलमणि देबकोटा, सन्तोष श्रेष्ठ, पुर्णकला ओलि, रमित रावत, प्रबल बिष्ट र कपिल मनिले शुभकामना लेखेका छन । यो पुस्तक सम्पादन गित तथा गजलकार प्रबल बिष्टले गरेका छन भने रमित रावत प्रकाशक हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto