रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सिम्लीमा नो-लाइट तथा फ्युज सेवा कार्यालय उद्घाटन गरिएको छ । पूर्व गृहमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधिसभा सांसद जनार्दन शर्मा प्रभाकरले शनिबार एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन गरेका हुन । नोलाइट तथा फ्युज सेवा कार्यालयले सानीभेरी गाउँपालिका संगै मध्यपहाडि लोकमार्ग क्षेत्रमा हुने आईपर्ने बिद्युत समस्या समाधान गर्नेछ ।
त्यस्तै सानीभेरी गाउँपालिकामा केन्द्रीय लाईनको बिद्युत समेत उद्घाटन भएको छ । बिद्युतको स्वीच अन गरेर बिद्युत बिस्तारको उद्घाटन गरिएको छ । गाउँपालिकामा केन्द्रीय लाईनको बिद्युत उद्घाटन भएसगै गाउँपालिका दुईतीनसय घरधुरीमा केहि समयभित्रै बिद्युत पहुँच पुग्ने नेपाल बिद्युत प्राधिकरण रुकुम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । उनका अनुसार सिम्ली, चाईनाबगर, गिठाकोट र पुर्तिमकाँडाका स्थानीयको घरमा बिद्युत तार जडान गरिसकेका स्थानीयहरुले कार्यालयमा आएर मिटर लिन सक्नेछन ।