प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता हननका घटनाको तत्काल जानकारी गराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । काउन्सिले आईतबार एक सूचना प्रकाशित गर्दै प्रेस स्वतन्त्रता विरुद्ध भएका घटनाको उजुरी काउन्सिलमा दिएमा त्यस्तो घटनाको निष्पक्ष छानविन गर्न र काउन्सिलको भुमिका बढाउन सहज हुने बताएको छ ।
सत्य, तथ्य सूचना प्रवाह गर्ने क्रममा बिभिन्न निकायबाट धाक धम्की, दुव्र्यवहार तथा यातनाको शिकार भएको गुणासो पत्रकारले सिधै प्रेस काउन्सिलमा जानकारी गराउन अनुरोध गरिएको हो । पत्रकारमाथीको मर्यादामाथी हस्तक्षेप हुन नदिन तथा प्रेस स्वतन्त्रताको संरक्षण तथा संवद्र्धन गर्ने उदेश्यले काउन्सिलले प्रेस स्वतन्त्रता अनुगमन तथा मिडिया प्रवद्र्धन महाशाखा गठन गरि कार्य गर्दै आईरहेको उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
