केन्द्रीय तथ्यांक बिभागले राष्ट्रिय जनगणना २०७८ कार्यक्रमका लागि देशभरबाट ४७ हजार कर्मचारी माग गरेको छ । माघ ११ गते एक सूचना प्रकाशित गर्दै ८ हजार सुपरिवेक्षक र ३९ हजार गणक करार जनशक्ति लिन लागेको हो । योग्यता पुगेका ईच्छुक नागरिकले सूचना प्रकाशित भएको ६० दिनभित्र बिभागले तयार पारेको अनलाइन जनशक्ति भर्ना प्रणाली बमोजिम दरखास्त पेश गर्न सूचनामा उल्लेख छ । सुपरिबेक्षक र गणक गरि दुई पदमा करार कर्मचारी भर्ना गर्न लागेको हो ।
जनगणनाका प्रयोजनका लागि भएका कारण करार अवधी भने सुपरिवेक्षकको २ महिना र गणकको एक महिना मात्र रहेको छ । जस अनुसार सुपरिवेक्षकले मासिक २८ हजार २ सय र गणकले २६ हजार ६ ससय १० सेवा सुबिधा पाउनेछन । स्नातक उर्तिण गरेका ब्यक्तिले सुपरिवेक्षक र प्रमाणपत्रतह उर्तिण गरेका ब्यक्तिले गणकमा आबेदन दिन सक्नेछन । उक्त पदमा आवेदन दिन भने कुनै दस्तुर लाग्ने छैन । थप जानकारीका लागि केन्द्रीय तथ्यांक बिभागको वेबसाइट www.cbs.gov.np र प्रदेश तथा जिल्ला जनगणना कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने बताईएको छ ।
