रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले राष्ट्रिय गुरिल्ला म्याराथुनको आयोजना गरेको छ । प्रत्येक बर्ष आयोजना गर्दै आएको यो म्याराथन चौथो पटक हो । रुकुम तत्कालिन नेकपा माओबादीले जनयुद्ध शुरु गर्दाको उद्गम थलो समेत भएका कारण फागुन १ गतेलाई जनयुद्ध तथा जनआन्दोदन दिवसको रुपमा स्थानीय सरकार तथा बिभिन्न संघसंस्था मार्फत बिभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।
दिवसको अवसरमा आयोजना धेरै कार्यक्रमहरु मध्य सानीभेरी गाउँपालिकाले आयोजना गर्ने मौराखारा गुरिल्ला म्याराथन आर्कषणको केन्द्र बन्दै आएको छ । जहाँ फागुन १ गते निधारमा रातो रिवन बाँधेका र मिलिसिया कम्ब्याड लगायका युवायुवतीहरु दौडन्छन् ।
जनयुद्धका क्रममा तत्कालीन माओवादीका लडाकुहरु हिँडेको बाटैबाटो धावकलाई दौडाएर युद्ध पर्यटनको विकासमा टेवा पु¥याउने लक्ष्यका साथ म्याराथन आयोजना गर्दै आएको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । उनका अनुसार धावकहरु द्धन्द्धकालमा माओवादी गुरिल्ला हिडेको अफ्ठेरो बाटोमा दौडनेछन । उक्त दिन मौराखारा क्षेत्र उकाली ओरालीमा द्धन्द्धकालमा माओबादी जनसेना हिडेको झल्को दिनेगरि उक्त कार्यक्रम हुनेछ ।

विजेताले जीत्नेछन ८० हजार नगद
मौराखारा गुरिल्ला म्याराथन महिला र पुरुष दुबै सहभागीका लागि छ । जस अनुसार म्याराथनमा प्रथम स्थान हाँसिल गर्ने पुरुष धावकले ८० हजार नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने महिला प्रतियोगीले ५५ हजार नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै पुरुष तर्फ दोस्रो हुनेले पुरुषले ५५, तेस्रो हुनेले ३५ हजार र सान्त्वना हुने खेलाडीले नगद १० हजारका साथमा प्रमाण पत्र पाउनेछन् । महिलातर्फ दोस्रो हुनेले ४०, तेस्रो हुनेले २० र सान्त्वता हुनेलाई १० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भुपालसिंङ बिष्टले जानकारी दिए ।

पुरुषको ४६ र महिलाको ३४ किलोमिटर लामो रुट
म्याराथनमा पुरुष सहभागीका लागि ४६ र महिला सहभागीका लागि ३४ किलोमिटरको दौड रुट निर्धारित गरिएको छ । पुरुषको लागि गाउँपालिकालको कार्यालयको परिसर सिम्ली बाट शुरु भएर हाँसिबाङ हुदै सानीभेरी नदी तरेर मौराखाराको उकालो चढ्नुपर्ने छ । त्यस्तै मौराखारा पुगेपछि ओरालोतर्फ लगोर टुरा, चाख्लीमेला, रिम्नाको मोटरेबल पुलबाट ठूलीभेरी नदी तरेर जाजरकोटको रिम्ना बजार हुँदै मध्यपहाडी लोकमार्ग मार्फत पुनः गाउँपालिकामा पुगेर पुरुषको म्याराथन सकिनेछ । त्यस्तै महिलाहरु गाउँपालिका परिसरबाट सिम्लीबजार, शुरु गरेर पेदीबजार, बलिवाङ, रिम्नाको मोटरेबल पुल तरेर जाजरकोटको रिम्ना बजार तथा भेरी तरेर त्यसपछि मध्यपहाडी लोकमार्ग भएर पुनः गाउँपालिकामा पुगेर महिलाको म्याराथन सकिनेछ । प्रथम गुरिल्ला म्याराथनमा गाउँपालिकाकै स्थानीय अर्जन बस्तेन, दोस्रो गुरिल्ला म्याराथुनमा प्युठानका भिम गुरुङ र तेस्रो गुरिल्ला म्याराथनमा रुकुम पश्चिमकै दुर्गा बुढा प्रथम भएका थिए । गाउँपालिकाले म्याराथन मार्फत खेलको माध्यामबाट युद्ध पर्यटनको विकास हुनका साथै कृषि र मौलिक कला, संस्कृति प्रचारप्रसार र प्रवद्धन हुने अपेक्षा गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto