Post ads Jai Khairawang

आगामी फागुन १ गते हुन गइरहेको तुलसीपुर उघोग बाणिज्य संघको निर्वाचनमा व्यवसायी पवन केसीले पनि सदस्यमा उम्मेदवारी दिएका छन । संघको निर्वाचनमा टेकन प्रसाद बस्नेत नेतृत्वको प्यानलबाट केसीले पनि सदस्यबाट उम्मेदवारी दिएका हुन ।

शुरुमा रुकुम पश्चिममा व्यवसाय गर्दै आएका केसी पछिल्लो समय दाङ तुलसीपुरमा रहेर व्यवसाय गर्दै आएका छन । आफु निर्बाचित भएपछि तुलसीपुर क्षेत्रका व्यवसायीको हित संगै आसपासका जिल्लाका व्यापारीहरुसंग समन्वय र सम्बन्ध स्थापित गर्न अधिकतम पहल गर्ने प्रतिवद्धता उनले ब्यक्त गरे । व्यवसायी केसीले रुकुम पश्चिममा व्यवसाय गर्दा गरिएको कार्य चर्चित छ । जिल्लाका स्थानीय सरकारहरुले रुकुम पश्चिममा अनुमति प्राप्त मदिरा समेत बिक्रि बितरण प्रतिवन्ध लगाउने निर्णय गर्दा त्यसको बिपक्षमा उनले उच्च अदालत सुर्खेतमा पुगेर रिट हालेका थिए । उच्च अदालतले पछि उनकै पक्षमा आदेश गरेको थियो ।

ritu ads
फेसबुक प्रतिक्रियाहरु