मेगराज खड्का
रुकुम

यस बर्ष रुकुम पश्चिममा तिहारको अवसरमा देउसीभैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आईतबार एक सूचना प्रकाशित गर्दै देउसी भैलो तथा चाडपर्बहरुको अवसरमा मेला तथा जात्राहरु पनि लगाउनमा प्रतिबन्ध लगाएको हो ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि संक्रमण ऐन अनुसार जिल्ला बिपद व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भिडभाड हुने कुनै पनि गतिबिधीहरु गर्न नपाईने गरि रोकिएको हो । त्यस्तै आफु जहाँ छौं त्यहि चाडपर्व मनाउन, सामान्य पुजाआजा बाहेक मठमन्दिरहरुमा भिडभाड पुर्ण तरिकाले क्रियाकलाप नगर्न र राती ८ बजे पश्चात मदिरा बेचबिखन र सेवन नगर्न सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
त्यसैगरी पटका आतसबाजी प्रयोग र बिक्रि बितरण नगर्न, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नचढाउन, व्यवसाय संचालन गर्दा स्वाथ्य मापदण्ड पालना गर्न र घरबाहिर निक्किदा अनिबार्य मास्क लगाउन पनि अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto