लोक गायक कृष्ण स्वर्णकारले नयाँ गीत बजारमा ल्याएका छन । स्वर्णकारले दशैतिहारको कोशेली स्वरुप रुवायो गाउँघर नामक सांगेतिक कोशेली साताअघि बजारमा ल्याएका हुन । नेपालीहरुको चाडपर्व दशैतिहारको बिषयबस्तुलाई केन्द्रित गरेर रुवायो गाउँघर गीत ल्याईएको गायक स्वर्णकारको भनाई छ । गीतमा चाडपर्वहरुमा गरिब र धनी बिचको खाडल, बैदेशिक रोजगारीले गर्दा चाडपर्व परिवार विनाको नरमाईलो र पारिवारिक समस्याको सचित्र बयान गरिएको छ । निरन्तर नेपाल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको उक्त भिडियोको छायांकन रुकुम पश्चिम सदरमुकाम लगायतका अन्य पर्यटकीय स्थलहरुमा गरिएको छ । गीतमा स्वर्णकार र अनुषा राम्जालीको स्वर रहेको छ भने गीतको रचना स्वर्णकार आफैले गरेका छन । गीतमा गौरव गीरीले संगित भरेका छन । गायक तथा रचनाकार स्वर्णकारले यसअघि पनि एक दर्जन बढी गीत बजारमा ल्याईसकेका छन ।
हेर्नुहोस यस्तो छ गित
