कोरोनाको डर, यसपालीको दशैँ र तिहार

Byआहा सञ्चार

२०७७ कार्तिक ११, मंगलवार १५:२९

डिकेन्द्र शाह

कोरोना भन्नासाथ मान्छेहरु डर र त्रासले भयभित हुन्छन् । कोरोनाभाइरसको कारणले विश्व अहिले आक्रान्त भएको छ । कोरोनाभाइरस सर्व प्रथम चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा देखिएको थियो । एसिया,युरोप,अमेरिकाहुदैँ विश्वभरै नै फैलिएको छ । कोरोनाभाइरसले गर्दा मानवीय जीवन हरेक क्षेत्र,क्रियाकलापमा असर पारेको छ ।
मान्छेहरुको जीवन ठुलो जोखिममा रहेको छ । विश्वमा कोरोनाले संक्रमित संख्या करोड नाघिसक्यो । लाखौँलाखको कोरोनाबाट मृत्यू भईसक्यो । यस्तोविषम परिस्थितिमा नेपाल पनि कोरोना भाइरसले अछुतो रहने स्थिति नै भएन । नेपालमा पनि लाखौँ संक्रमित भएका छन् । हजारौँको मृत्यू भइसकेको छ । एकअर्को नजिक भएर कुरा गर्दा छुँदा कोरोनाभाइरस प्रत्यक्ष रुपमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
विश्वमा सबैभन्दाछिटो सर्ने र धेरै प्रभावपार्ने रोग सायद कोरोनाभाइरस बनेको छ । कोरोनाभाइरसले गर्दा मान्छेहरुका आफ्ना हरेक दैनिकी क्रियाकलापगर्न कठिन भईसकेको छ । तमाम मान्छेहरु रोजगारीबाट बञ्चित भईसकेका छन् । विश्वमा बेरोजगारीहरुको संख्या ह्वातै बढेको छ । व्यवसायीहरुको व्यवसाय चल्र्न सकेका छैनन्, धरापमा परेकाछन् । विश्वविद्यालयहरु, कलेजहरु र स्कुलहरु चल्र्न सकेका छैनन् । सुलौलो भबिश्य बोकेका विद्यार्थी वर्गहरुको परीक्षाहरु स्थगित भएकाछन् । कोरोनाभाइरसले गर्दा अहिले मान्छेहरु धेरै तनाब र दिक्दारीमा बस्न बाध्य भएका छन् । गत बर्षहरुमा मान्छेहरुका हरेक कामकाज गरेर थकित र दौडधुपको हैरानीले खुशी र,शान्तिप्राप्तगर्न सकेका हुदैँन्थे । मान्छेहरुलाई खुशी,शान्तिल्याउने विशेषगरी महानचाडपर्व दशैँ र तिहार हुने गर्थे । वास्तवमा संस्कार र संस्कृति नै देशका सम्पतिहुने गर्छन् । जसले गर्दा सबैलाई आन्नदीततुल्याउने गर्दछन् । यसै शिलशिलामापनि नेपालमाहिन्दु नेपालीहरुका महानपर्व दशैँ र तिहार घर आँगनमा नजिकिएर आएकाछन् ।
सबैको घर आँगन,करेसाबारीमा सयपत्री र मखमलीफूलहरु रङ्गीचङ्गीफूलेकाछन् । नेपालीहरुको महानपर्व दशैँ विशेषगरी असोज या कात्तिकमहिनामा पर्दछ । दशैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यसको साथसाथै भगवती,कालीलगायतविभिन्न देवीहरुको पुजाआजागदैँ सातौँ दिनमा फूलपाती भित्रयाउने चलन छ । त्यसपछि महाअष्टमी,महानवमी र विजयादशमी गरी देवीको विसर्जन गरी प्रसादको रुपमाआ—आफ्ना आफ्न्त तथा ठुलावडामान्यजनहरुक ाहातबाटटिका र जमरा लगाउने पनिचलन छ । दशैँमा खुसीयालीको साटासाट गरी टिका र आर्शिवादलिनेदिने चलन रहेको छ ।
दशैँ हर्ष उल्लासका साथमनाइने पर्व हो । दशैँमा विभिन्न प्रकारका परिकार मासु,माछा लगायतका मिठामिठा खानेकुराहरु खाने गरिन्छ । ठुला—ठुला रुख वृक्षहरुमा पिङ लगाएर पिङ खेल्ने,चङ्गा उडाउने,विभिन्न प्रकारका नाँचगानगर्ने,मेला,जात्रालाग्ने,विभिन्न प्रकारका खेल खेल्ने भलिबल,फुटबल लगायतका प्रतियोगिताको आयोजना गरिन्छ । धेरै समयपछि भेटघाटहुने उनीहरुबाट आर्शिबादलिने, गाँउघर समाजका सम्पूर्ण मानिसहरुले नराम्रा मनका भावनात्यागी, सामाजिक एकताको कामनागर्दै मनाइने भएको हुँदा यो पर्व एकदमै लोकप्रिय छ । तर यसपालि २०ं७७ सालको वडादशैँ,कोरोनाभाइरसको महामारीले गर्दा पहिले जस्तो रमाइलोे र खुसियालहिुने अवस्था भएन । सबैले सामुहिक एकतामा मनाएर मन्दिरहरुमा खुसियाली हुन्थ्यो,त्यस्तो यस पालिहुने भएन ।
तिहारको शब्द सुन्दालाग्छ, दिदिबहिनी र दाजुभाईको अटुटमाया र सहिष्णुता दिलभरी आँउछ । दशैँपछि हिन्दु नेपालीहरुको महानपर्व तिहार हो । तिहारलाई दिपावली पनि भनिन्छ । तिहार विशेषगरी पाँचदिन सम्म मनाइछ, जसलाई यमपञ्चकभनिन्छ । तिहारको पहिलो दिन कागतिहार जुन दिनकागको पुजाआजागरिन्छ । त्यसपछि दोस्रो दिन कुकुर तिहार जुनदिन कुकुरको पुजा गरेर माला लगाईदिएर मिठोमिठो खानादिईन्छ । तेस्रो दिनगाई तिहार र लक्ष्मीपुजा यसदिन बिहान गाईको पुजाआजा गरेर माला र टिका लगाइन्छ अनि मिठोमिठो भोजन गाईलाई दिइन्छ र साँझपखधनको देवीलक्ष्मीको पुजाआजा गरिन्छ । यसदिन प्रत्येकको घरमा झिलिमिली दिपबालेर लक्ष्मीदेवीसँग आर्शिबाद मागिन्छ । तिहारको चौथोँ दिन गोर्वधन पुजागरिन्छ । यसदिनगोरुहरुलाई माला र टिकालगाईदिएर मिठोमिठो खानादिईन्छ । र पाँचौ दिनभाईटिकातिहारको सबसे महत्वपूर्ण दिन यसदिन दिदिबहिनीहरुले आफ्नादाजुभाईहरुलाई रङ्गीचङ्गीटिका र सयपत्री,मखमलीका मालालगाईदिन्छन् साथै मिठामिठाखाना दिएर पुज्ने गर्छन् । यसदिन दिदिबहिनीले दाजुभाईलाई आर्शिबाददिन्छन् त्यो दिनदिदिबहिनीहरुले दिएको आर्शिवादवाकामना पूरा हुन्छ भन्ने जनविश्वास छ । नरकका राजा यमराजलाई बहिलीयमुनाले यसैदिनदाजुको चिरञ्जीवीको कामनागर्दै पुजागरेकी थिइन त्यसैभएर भाईटिकामनाउने थालिएको विश्वास छ । तिहार भेटघाट र शुभकामना साटासाटगर्ने पर्व पनिहो । घर गएको चेलीवेटीलाई माइतीआएर भेटघाटगर्ने र सुखदुःखका कुरा गर्ने यो महत्वपूर्ण अवसर भएको मानिन्छ । तिहार सबैको मनको रहर पनि हो ।
हामी नेपालीहरुको महानपर्व दशैँ र तिहार हुनभन्नेमा कसैको दुईमत छैन् । विगतमा वर्षहरमादशैँ र तिहार बडो हर्सोउल्लास र रमाइलो गरी खुसीयालीमा मनाउने गरिन्थ्यो । कति रमाइलो र घमाइलो बाताावरण सयपत्री र मखमलीफूलहरु फूलिरहेकाहुन्थे । परदेश गएकादाजुभाई दिदिबबहिनीहरु स्वदेश आआफ्ना घरघरमादशैँ र तिहार मनाउनआउने गर्थे । शहर पसेका,बसेकामान्छेहरु पनि गाँउगाँउमा आउने गर्थे । घरघरमाकति रमाइलो राँैनकता छाउथ्यो । ठुलावडाबाट आर्शिवादलिने टिका र जमरा लगाउने गरिन्थ्यो । त्यस्तै तिहारमा सप्तरंङ्गीटिका सयपत्री मखमलीका मालाहरु लगाउने गरिन्थ्यो । अवशोच कोरोनाभाइरसले गर्दा राम्रोसँग दशैँ र तिहार मनाउने अवस्था छैन । कतिजना होमक्वारेन्टाईन,कतिजनाआइसोलेसन,कतिजनाको पि.सी.आर.,कतिजनाको साँस संकलन र कतिजना रिपोट नेगेटिभ र पोजिटिभ भन्नेमा सरकारहरु हलचल र अलमल भएकाछन् । कोरानाबाट कसरी बँच्ने भन्ने सन्देशहरु मिडियाहरबाट दिनौँहु बजिरहन्छन्, यति संक्रमित र यतिको मृत्यू भयो भनेर समाचार आइरहन्छ । जताततै कोरोनाभाइरसकाकारण हरेक ठाँउगाँउ, देश, विश्व नै धेरै त्रास र डर भएको छ । फेरी यतिठुलो त्रासकाबाबजुत पनि लकडाउनखुलेर मान्छेहरुमा कोरोनाभाइरसलाई सामान्य जस्तै मान्दै गइएको छ । यसरीकोरोना सबैलाई पिँडादिएर कोरोनाको नाममा व्यापारीकरण,कालोबजारी बड्दै गएको अवस्था पनि छ ।
अन्त्यमा कोरोनाको ठुलो समस्या भएता पनिहामीले हाम्रा महत्वपूर्ण चाडपर्व दशैँ र तिहार सहज र सरल तरिकाले मनाइनु पर्दछ । धेरै भड्किलो एकअर्काको सिको रिसराग गरेर दशैँ र तिहार मनाउनु व्यर्थ हुन्छ । त्यसैले घाँटी हेरी हाडनिल्नु भन्ने उखानको पनि आत्मसातगर्नुपर्छ । कोरोनाबाट बच्र्न विश्व स्वास्थ्य संगठनले अपनाएका मापदण्डकाअनुसार आत्मसाथ गर्नुपर्छ । जस्तैँः मास्कको प्रयोग गर्ने,साबुनपानीले मिचीमिची हातधुने,स्नीटाईजरको प्रयोग गर्ने र सामाजिक दुरीको कायम गरी कुराकानीगर्ने आदि । पहिलेको जस्तो तामझाम,भिडभाडरहित ढङ्गले यसपालिकापर्वहरु मनाउनु पर्दछ । कोरोनाबाट यसपालि सबै बच्न सकियो भने अर्को वर्ष त यी चाडपर्वहरु राम्रो सँगमनाउन सकिन्छ । .जो जहाँ जस्तो अवस्थामा हामीहरु छौँ,त्यहीँमनलाई आनन्दित बनाएर हामीले दशैँ र तिहार मनाऔं । जसले गर्दा सबैको हितहोस् कोरोनाभाइरसबाट जीवन बचोस्, दशैँ र तिहार चाडपर्व सदा ऐतिहासिकपर्वहरु बनिरहुन । सबैमा मङ्गलमय शुभकामना ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto