मेगराज खड्का
रुकुम
जिल्ला विपद व्यवस्थापन समिति रुकुम पश्चिमको बैठकले चाडपर्वको बेला जिल्ला बाहिरबाट आउने सबै ब्यक्तिलाई अनिबार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । बढ्दै गरेको कोरोना भाइरस संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको हो । स्थानीय तहका वडा र प्रहरीले त्यस्ता व्यक्ति क्वारेन्टिनमा बसे नबसेको निगरानी गर्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार समितिको बैठकले आउँदै गरेको चाडपर्वको समयमा हुने बिभिन्न प्रकारका मेला तथा जात्राहरु संचालनमा रोक लगाउने निर्णय पनि गरेको छ । यस निर्णय संगै दशैपछि जिल्लाका बिभिन्न ठाउँमा लाग्ने पूर्णिमा बेला रोकिने भएको छ । सदरमुकाम खलंगाको बराहटाकुरामा समेत प्रत्येक बर्ष उक्त मेला लाग्दै आएको थियो । त्यस्तै कोराना संक्रमण नरोकिए तिहार पछि लाग्ने कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला डिग्रे शाईकुमारी मेला पनि रोकिने भएको छ । तर नियमित पुजाआजालाई भने स्थानीय तह र स्थानीय प्रशासनको समन्वयमा भिडभाड नहुनेगरि व्यवस्थित गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरि समितिको बैठकले विपदको समयमा उद्धार तथा राहत कार्यलाई सहयोग पु¥याउन वडा स्तरमा स्वंमसेवकको व्यवस्था मिलाउने, सबै कार्यालय, शैक्षिक संस्था तथा महत्वपुर्ण भवनहरुमा अग्नी नियन्त्रक रामाग्रीको व्यवस्था गर्ने र हाल सम्म हेलिप्याड निर्माण हुन नसकेका विपद जोमिख स्थापनहरुमा निर्माण तथा निर्माण भएकाहरुको नियमित मर्मत सम्भार गर्ने पनि निर्णय गरेको छ । विपद व्यवस्थापन समिति, सम्बन्धित स्थानीय तह, बन, रेडक्रस र सरोकारवाला निकायहरुको सहयोग र सहकार्यमा आगलागी घटनाको उद्धार सम्बन्धी नमुना अभ्यास गर्ने र बर्षातको समयमा बिभिन्न घटनामा घर पुर्ण रुपमा क्षति भएर हालसम्म पनि निर्माण नगरेका ब्यक्तिहरुको घर निर्माणमा सहयोग गर्न शहरी विकास मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला स्थित कार्यालय र स्थानीय तहबिचको समन्वय बैठकको पनि आयोजना गरिएको छ । बैठकले समस्यामा सबै कार्यालय बिच समन्वय गर्ने, बिभिन्न कार्यक्रम तथा योजनाहरुको प्रभावकारी अनुगमन गर्ने, सामाजिक बिकृति र अपराध बिरुद्ध जनचेतनामलक कार्यक्रम संचालन गर्ने, वडा स्तरीय नागरिक सुरक्षा संजाल गठन गर्ने र आवश्यकता अनुसार घुम्ती शिबिर आयोजना गरेर सेवा दिने लगायतका निर्णयहरु गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto