सोती घटना : उच्च अदालतबाट फरक आदेश

Byआहा सञ्चार

२०७७ आश्विन २९, बिहीबार १०:५३

मेगराज खड्का

रुकुम

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाका दुई प्रतिबादी माथी जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीस बिद्याराज पौडेलले गरेको आदेश उच्च अदालत सुर्खेतमा बदर भएको छ । रुकुम अदालतले घटनाका प्रतिबादी मध्य दुई बालबालिकालाई मुद्धा पुर्पक्षका लागि बालगृहमा राख्ख आदेश दिएपनि उच्च अदालतले त्यसलाई बदर गरिदिएको हो ।

सोती घटनाको मुद्धामा जिल्ला अदालतले गरेको आदेशमा चित्त नबुझी घटनाका बादी र प्रतिबादी दुबै उच्च अदालत सर्खेतमा गएका थिए । उक्त मुद्धाको बिषयमा आईतबार उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीस डा. कुमार चुडाल र न्यायाधीस सुदर्शनदेब भट्टको सयुक्त इजलासले यस्तो आदेश गरेको हो । आदेशमा नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ र नाम परिवर्तित ५४ रुकुम पश्चिम ३९ लाई जिल्ला अदालतले गरेको आदेश अनुसार तत्काल आवश्यक प्रमाण नपुगेको, सर्बोच्च अदालतबाट प्राप्त निर्देशन एव बालबालिका ऐन अनुसार बालबालिकाको सर्बोतम हित अनुसार मुद्धा पुर्पक्षको लागि बालगृहमा राख्न नमिल्ने भन्दै छोड्न आदेश दिएको हो । अदालतमा आवश्यक भएको खण्डमा उपस्थित गराउने गरि अभिभावकको रोहभरमा छोड्न भनिएको छ । यी प्रतिबादीहरु एक जना मृतक नबराज बिककी प्रेमिका भनिएकी बालिका र एकजना उनका आफन्त हुन । त्यस्तै उच्च अदालतले जिल्ला अदालतको आदेशलाई बदर गर्दै अन्य ६ जना प्रतिबादीहरुलाई पनि साधारण तारेखमा छा्ड्न आदेश दिएको छ । तर यसमा सयुक्त इजलासमा बसेका मुख्य न्यायाधीस कुमार चुडालले यस्तो आदेश दिएपनि अर्को न्यायाधीस सुदर्शनदेब भट्टले भने यसमा फरक राय राखेका छन ।

उनले उनीहरुलाई साधारण तारेखमा छोड्न नमिल्ने भन्दै जिल्ला अदालतकै आदेशमा सहमत भएका छन । जसले गर्दा मुद्धा पुपक्षका लागि थुनामा राख्न आदेश भएका प्रतिबादीहरु सबिन पुन, भिमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनसमेत गरि ६ जनालाई साधारण तारेखमा छा्ड्ने या जिल्ला अदालतकै आदेश सदर गर्ने भन्ने बिषयमा टुंगो लाग्न सकेको छैन । दुई जनाको सयुक्त ईजलासमा रहेको मुद्धामा दुई जना न्यायधीसकै फरकफरक मत भएमा तेस्रो न्यायाधीस समक्ष पेश गरेर निर्णय लिनुपर्ने कानुनी व्यवस्था अनुसार अब उक्त मुद्धामा तेस्रो न्यायाधीसको राय लिईनेछ । तेस्रो न्यायाधीस सहितको सयुक्त इजलासले दिएको राय र आदेश अनुसार उक्त मुद्धाको आदेश कार्यन्वयन हुने बादी तर्फबाट बहसमा सहभागी अधिबत्ता यमकुमारी ददेलले जानकारी दिईन । ‘यदि ३ जना न्यायाधीसको राय नमिलेको अवस्था वा राय मिलेपनि उक्त आदेशमा बादीपक्षको चित्त नबुझेमा मुद्धा फेरी सर्बोच्च सम्म जानसक्छ’ उनले भनिन, ‘जिल्ला अदालतले ४ जनालाई धेरौटी तथा साधारण तारेखमा छा्ड्ने आदेश बिरुद्ध नै मुद्धाको बादी पक्ष उच्च गएको हो तर उच्च बाट फेरी बादी पक्षको माग बिपरित उल्टै थप २ जनालाई साधारण तारेखमा छा्ड्न आदेश आयो ।’ जम्मा ३४ जना प्रतिबादी मध्य जिल्ला अदालतले घटनाका प्रतिबादी डम्बरबहादुर मल्ल सहित २८ अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न, दुई प्रतिबादी बालकालिकालाई मुद्धा पुर्पक्षको लागि सुधारगृहमा राख्न, एक जना प्रतिबादीलाई १ लाख धरौतीमा छोड्न र ३ जना प्रतिबादीहरुलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto