मेगराज खड्का
रुकुम
अघिल्लो पटकको दशैं आउनुभन्दा केहि दिनअघितिर रुकुम सदरमुकाम मुसिकोट खलंगामा किनमेलको निकै भिड हुन्थ्यो । त्यो भन्दा पनि दशै तिहार आउँदा सबैको मुहारमा खुसि हुन्थ्यो । खुसिसाथ किनमेल गर्दा ग्राहक नयाँ सामाग्री प्रयोग गर्न पाउदा र बिक्रेता राम्रो आम्दानी हुँदा मुहारमा खुसि हुन्थ्यो । तर यसपटक चैत पहिलो हप्ता देखि नेपालमा सक्रिय रुपमा प्रबेश गरेको कोरोना भाइरसका कारण सबैको अनुसार मलिन छ । रहेका केहि खुसिहरु पनि मास्कले छोपिएका छन । सबै क्षेत्रको आर्थिक संकट आएको छ । सरकारी जागिरे बाहेक अन्य क्षेत्रका मजदुर तथा संचालकहरुले पनि कमाई भएको छैन । बर्षभरी काम गरेको रकमले दैनिक जीवनयापन चलाउने र केहि बचत गरेर चाडपर्बमा मिठो मसिनो खाने मजदुर बर्गहरु यसपटकको कोरोना महामारीले निकै प्रभाबित भए । सरकारले यीनिहरुको लागि केहि राहत प्याकेज दिने प्रचार गरेपनि शुरुमा केहि चामल र दाल दिएर नै झारा टारेको छ । धेरै पैसा खर्च गरेर मात्र दशै रमाईलो होईन । समस्या पर्दा आफुसंग भएका केहि सिमित स्रोत साधनलाई उपयोग गरेर पनि दशैतिहारलाई रमाईलो गर्नुपर्छ । यसपटकको कोरोनाले हामीलाई यहि सिकाएको छ । त्यसपटक यसपटकको दशै आफुसंग जे छ त्यहि खाएर मनाऔं, जहाँ छौं त्यहि बसेर मनाऔं । कोरोनाले यसपटक बाँचियो भने अर्को पटकको दशै राम्रो संग मनाउन सक्छौं ।

कोरोनालाई सरसफाई अवसरको रुपमा लिऔं
बिश्वमै ठुलो महामारीको रुपमा लिईएको कोरोना भाइरसको संक्रमण कहिले सम्म रोकिन्छ भन्ने कुनै टुंगो छैन । केहि देशहरुले यस बिरुद्धको खोपको विकास गरेको समाचारहरु आएका छन तर त्यसको औपचारिक प्रयोगमा आउन सकेको छैन । तरपनि आशा लाग्दा खबरहरु भने पक्कै छन । चिकित्सा बैज्ञानिकहरु कोरोनाको खोप तयार पार्न दिनरात जुटिरहेका छन । हालसम्मको अध्ययन अनुसन्धानका कारण कोरोनाको खोप तयार नहुँदा पक्कै पनि विश्व समुदायकै लागि चुनौतिको बिषयमा बनेको छ । यसो भनिरहँदा कोरोना हामी सबैको एउटा अवसर पनि बनेर आएको छ । हरेक समस्याका दुई वटा पाटो हुन्छन, सकारात्मक र नकरात्मक । जसरी हामीले भूकम्पलाई नयाँ निर्माणको अवसरको रुपमा लिऔं । भारतीय नाकाबन्दीलाई आत्मनिर्भर उत्पादनको अवसरको रुपमा लिऔं । त्यसरीनै कोरोना भाइरसलाई पनि हामीले सरसफाई अवसरको रुपमा लिन सक्छौं । ब्यक्तिगत सरसफाईमा खासै ध्यान नदिने नेपाली जीवनशैलीलाई यस कोरोना भाइरस समस्यालाई अवसरको रुपमा लिदै ब्यक्तिगत सरसफाईमा ध्यान दिने र जनचेतना जगाउने काममा प्रयोग गर्न सक्छौं । यस पटक कोरोना भाइरस संक्रमण बढेसंगै सरसफाई कमजोरीका कारण हुने बिरामीहरु अस्पतालमा आउने घटेका छन । सामान्य रुघाखोकी देखि झाडापालाखा जस्ता समस्या कारण नै रुकुम जाजरकोट लगायतका जिल्लाहरुमा जिल्ला धेरैको ज्यान गएको थियो । तर यसपटक कोरोनाको डरले मास्क, पञ्जा प्रयोग र पटक पटक हात धुने सहितका ब्यक्तिगत सरसफाईका काम गर्दा अन्य धेरै रोगहरु बच्न सहयोग पनि गरेको छ । अब कोरोना भाइरस संक्रमण रोकिए पनि अन्य रोगहरुबाट बच्न हामीले यसैगरी ब्यक्तिगत सरसफाई र सुरक्षामा ध्यान दिन आवश्यक छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto