Post ads Jai Khairawang

आहा सञ्चार संबाददाता
रुकुम पूर्वका एक बिरामीलाई आर्थिक समस्याका कारण उपचारमा समस्या परेको छ । आफन्तजनले सबैसंग सहयोगको याचना पनि गरेका छन । रुकुम पूर्व रुकुमकोटका ४२ बर्षका तिलक गौतमलाई ६ महिना पहिले देखि जीब्रोको क्यान्सर भइ खाना खान नमिल्ने र जीब्रोको सल्यक्रिया गर्नु पर्ने अवस्था रहेको छ । हाल नाकबाट पाइप लगाइ खाना खुवाइएको यस्तो पिडादायक अबस्था रहेको र उहाँको बीपी कोइराला मेमोरियल क्यानसर हस्पिटल चितवनमा उपचार भइरहेको बिरामीकी श्रीमती सुनीता गौतमले बताईन ।

ritu ads

उनका अनुसार डाक्टरले उपचारको लागि रकम १० देखि २० लाख सम्म लाग्न सक्ने र निको हुनको लागि पनि धेरै समय लाग्न सक्ने बताएका छन । आफ्नो अबस्था साह्रै नाजुक रहेकोले उपचार गर्ने सम्भब नभएकोले सबैलाई सहयोग गरि श्रीमानलाई बचाइदिनुहुन उनले अनुरोध गरेकी छिन । ‘आदरणिय सहयोगि मनहरुलाई हार्दिक नमन गर्दछु तपाँइको सानो सहयोग नै मेरो जिवनमा अमूल्य सहयोग हुनेछ । तपाहरुको सहयोगको गुण तिर्न नसके पनि जिन्दगि भर सम्झेर धन्यवाद दिइरहने छु ।’ उनले भनिन । सहयोग गर्ने चाहानेहरुले मोवाईल नम्बर ९८४११०७३६८ मा सम्पर्क गर्न सकिने छ ।

फेसबुक प्रतिक्रियाहरु