बाँठा फाउन्डेशन रुकुम पश्चिमले जिल्लाका बिभिन्न प्रहरी पोष्टमा मास्क र स्यानिटाईजर बितरण गरेको छ । अस्थाई प्रहरि पोष्ट छिङ, धपे, धाउने र खोपिचारमा जम्मा ४० थान एननाइन्टी मास्क, २ सय ५० थान सर्जिकल मास्क र स्यानिटाइजर प्रदान गरेको हो । संस्थाका महासचिव दिपेश कुमार बाठा मगर र सदस्य दिपक सन्यासि प्रहरी पोष्टमै पुगेर वितरण गरेका हुन ।

election adv.

आगामी दिनहरुमा पनि कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य सामाग्री र त्यस सम्बन्धी सूचना जानकारी प्रदान गर्ने फाउन्डेशनका अध्यक्ष नबराज बाठा मगरले जानकारी दिए । उनका अनुसार फाउन्डेशनले यस अघि पनि जिल्लाका बिभिन्न ठाउँमा स्वास्थ्य शिबिर संचालन गरेर सेवा दिईसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto