अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन । उनले शुक्रबार बेलुका राजीनामा दिएका हुन । पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका हुन् ।

 

संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ । खतिवडाले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।

 

हेर्नुहोस यस्तो छ राष्ट्रपति कार्यलयबाट जारी बिज्ञप्ती

 

 

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto