डिल्लीबहादुर खत्री
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवैध रुपमा सञ्चालन भएका १६ वटा मेडिकल क्लिनिक सिल गरिएको छ । संघिय कानुन अनुसार २५ शैया भन्दा तलका स्वास्थ्य संस्था नियमण नियन्त्रण र अनुगमन गर्ने जिम्मा स्थानीय रहेको भन्दै चौरजहारी नगरपालिकाले स्वास्थ्य क्षेत्र अनुगमन गर्दा कागजी प्रक्रिया पूरा नगरि सञ्चालन गरिएका निजि क्लिनिक सिल गरिएको हो । नगरपालिकामा कुल १९ वटा निजि क्लिनिक सञ्चालन भएकोमा ३ वटा मात्रै कानुनी प्रक्रिया पूरा गरि सञ्चालन रहेको अरु सबै अवैध सञ्चालन भएकोले सिल गरिएको स्वास्थ्य शाखा सह संयोजक डन्डप्रसाद शर्माले बताए । उनका अनुसार चौरजहारी बजारमा २ वटा , मेलैनाउलीमा २ वटा , नार्जी १ वटा , शान्तिबजार १ वटा , चन्द्रबजार २ वटा , चौफाबजार १ वटा , न्याउलीबजार १ वटा , जुम्लीपोखरी १ वटा , जोगिनेटा १ वटा , शाक्चा १ वटा , लिउरेबारी २ वटा र तिमिले १ वटा मेडिकल सिल गरिएको छ । ‘सिल गरिएका मेडिकल कानुनी प्रक्रिया पूरा गरि आएमा सञ्चालन गर्न दिन्छौ’ सह संयोजक शर्माले भने, ‘अन्यथा कागजी प्रक्रिया पूरा नगरी सञ्चालन गर्न दिइने छैन् ।’ निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी नगरपालिकामा भएका स्वास्थ्य संस्थाहरु निजि मेडिकल भन्दा राम्रो भएको कारण केहि मेडिकलहरु बन्द हुदैमा केहि फरक नपर्ने बताए । अबको १ हप्ता भित्र चौफा नजिक ५ शैयाको अस्पताल सञ्चालन हुने पनि उनको भनाई छ । उक्त अस्पतालमा माथिल्लो क्षेत्रको जनतालाई उपचार गर्न सजिलो हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto