छविलाल खड्का मगर
मेरो हातमा “त्रिवेणी दर्पण“ स्मारिका (साहित्यिक) वार्षिक, वर्ष ः १, अंक ः १, २०७७ छ । त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम)को आर्थिक सहयोग र कला, साहित्य, संस्कृति संरक्षण मञ्च त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) को प्रकाशनमा प्रकाशित यो स्मारिका मनलाल वली सरको सहयोगले प्राप्त गर्न सकें उहाँप्रति कृतज्ञ छु । त्रिवेणीसंग मेरो पनि नाता जोडिएको कारण चासो र रुचि बढ्यो । कस्तो नाता ? खुल्दुली लाग्ला । पहिलो नाता ः भूगोलसंगको नाता । दोस्रो नाता ः स्मारिकासंगको नाता । त्रिवेणी गाउँपालिका वडा नं.१ (साविक रुँघा ७, माथिगाउँ) मा जन्मी,हुर्की, बढेको एक प्राणी हुँ। यो भूगोलसंग मेरो पाई पाईको नाता छ ।
रगतको नाता छ तसर्थ त्रिवेणी नाम सम्झदा, सुन्दा, देख्दा गौरवले शीर ठाडो हुन्छ, मन प्रफुल्लित हुन्छ । अर्काे नाता भनेको स्मारिकासंगको रह्यो । म पनि यदाकदा केही लेख्ने गर्छु । मनका बह पोख्ने गर्छु । यही कारणले मेरो नाता त्रिवेणी दर्पण स्मारिकासंग जोडिन पुग्यो । अर्थात मेरा भावनाले यसभित्र ठाउँ पायो । “गणेश टि.ओ.“ शीर्षकको कथा समावेश गरिदिनु भएकोमा सम्पादक मण्डललाई धन्यवाद नदिनु अन्याय हुन्छ । दर्पण (ऐना) आफैमा अर्थपूर्ण नाम छ । हामीले आफ्नो अनुहारको बारेमा थाह पाउन कि अरुको सहायता लिनुपर्छ, कि ऐना हेर्नुपर्छ । अरुले कति सत्य बताउँछ पूर्ण विश्वास गर्न कठिन छ तर ऐनाले त झुठो बोल्दैन । यो सबैको सर्वमान्य मान्यता हो । यो ऐनाले चिचिला दूधे ओठ, सिंगाने नाक, आँखामा लागेका चिप्रा, पुक्क परेका गला, हाऊ भनी मुख बाउदा देखिने गिजा सबै जस्ताको तस्तै देखाउँछ । कुर्कुरे बैंशले कुत्कुत्याउन थालेपछि ऐनाको बढी जरुरत पर्छ । ओठको लाली, आँखा गाजल, निधारको टीका, आँखीभौ, परेला, नाकको डाँडी, दाँत, कपालको स्टाइल, स्याउ जस्ता गाला छिन छिनमा हेर्नुपर्ने र सुधार गर्नुपर्ने मानवीय चाहनालाई पूरा गर्ने साधन हो, ऐना । बुढ्यौलीले छोयो भने पनि अर्कै चिन्ताले सताउँछ र फुलेको कपाल, चन्दनको टीका, सत्र मुजा परेका गाला, झरेका थोते दाँत, चुहिने ¥याल र सिंगान, फुलेर जिङ्ग्रिङ परेका दारी जुँगा, लोती झरेका कानको अवस्था बुझ्न पनि ऐनाकै सहयोग चाहिन्छ । यति भनेपछि ऐनाको अरु महत्व बयान गर्न सायद आवश्यक नपर्ला । त्रिवेणी दर्पण भनेपछि त्रिवेणी गाउँपालिकाको सर्वाङ्ग वस्तु यसमा देखिनु पर्छ, यो मान्यता हो । यही मान्यतामा टेकेर हेर्दा यस्तो देखिन्छ, त्रिवेणी गाउँपालिका रुकुम(पश्चिम) दर्पणभित्र ः क) सकारात्मक पाटाहरु ः
१) आवारणमा त्रिवेणी गाउँपालिकाको राजनैतिक र प्रशासनिक नक्शा राखेर आफ्नो अस्तित्व देखाउन सफल छ ।
२) कभर पेज र अन्य केही पेजमा त्रिवेणी गाउँपालिकामा रहेका धार्मिक, सांस्कृतिक, व्यापारिक र पर्यटकीय क्षेत्र र पालिका अन्तर्गत भए गरेका गतिविधि झल्काउने तस्वीरहरु समेटिएका छन् ।
३) त्रिवेणी गाउँपालिकाको यो संरचना बनाउन धेरैको रगत बगेको छ । यो रगतको तागतले नै यहाँसम्म आउन सफल भएको हो । खोलो तरेपछि लौरो बिर्सने बर्तमान परिवेशमा पनि त्रिवेणी गाउँपालिका बनाउन रगत बगनउने सहिदहरुलाई सम्झेर सहिदहरुको अभिलेख कायम गरि निकै सह्रानीय कार्य गरेको छ ।
४) मनलाल वलीको त्रिवेणी चिनारी नामक जानकारी मुलक लेखले विविध विषयको जानकारी दिएको छ । गाउँपालिका नामाकरणका आधार, ऐतिहासिक पृष्ठभूमि, पर्यटकीय क्षेत्रको जानकारी, धार्मिक स्थल, सांस्कृतिक अवयव(मेला,जात्रा, चाडपर्व), व्यापारिक स्थल, औद्दोगिक अवस्था, उत्पादित बालिनालि,फलफुल,तरकारी, वनस्पति, पशुपंक्षी, भौगोलिक अवस्थिती, शैक्षिक विवरण, जनप्रतिनिधि विवरण, जनशक्ति विवरण, सरकारी तथा गैरसरकारी संस्थाको विवरण, बैंक तथा वित्तीय संस्थाको विवरण र सुरक्षा अवस्थाको समेत जानकारी दिने आलेख महत्वपूर्ण छ ।
५) गाउँपालिका अध्यक्ष र उपाध्यक्षको छोटो तथा सामान्य जिवनीले उहाँहरुको पारिवारिक, राजनैतिक र व्यैत्तिक जानकारी दिएको छ । ६) कला, साहित्य र संस्कृतिकको कोणबाट हेर्दा नवीन बिभासको “कहाँ जाने? देश जाने“ शीर्षकको संस्मरनात्क लेखले यो क्षेत्रको साङ्गोपाङ्गो विषय समेटेको छ । यस क्षेत्रको भाषा(भाषिका, घट्ने घटना, कथा, पात्र, परिवेश सबैले मन छुन सकेका छन् ।
७) यसमा समेटिएका कविता, गजल, मुक्तकले त्रिवेणीमा रहेका साहित्यिक प्रतिभाहरुको पहिचान भई यस्ता प्रतिभाहरुको संरक्षण, प्रबर्द्धन, प्रोत्साहन गर्न आवश्यक योजना निर्माणमा सहयोग पुग्छ ।
८) पूर्ण वलीको “स्मृतिको खाल्टोमा अँचेटिएका त्रिवेणीहरु“ नामक संस्मरणात्मक लेखले त्रिवेणीको तत्कालिन अवस्था, त्रिवेणी बनाउन खर्चिएका श्रम, सीप र योगदान, संगै बसेर फल चाख्न नपाउँदाको अलिनोपनाको झल्को दिएको छ ।
९) सिमसिम पानी, नव युवक र गीत, अत्तालिएको मनस्थिति र Criticism on Truth & Power जस्ता सामग्रीले त्रिवेणीलाई खुराक दिएकै छन ।
१०) यसमा समेटिएका अन्य सामग्रीहरुले पनि विभिन्न जानकारी र सन्देश दिएको पाइन्छ ।
ख) सुधार गर्नु पर्ने पाटाहरु ः
१) आवरण पेजमा वार्षिक(साहित्यिक) स्मारिका बनाएको भए अझ सुन्दर हुन्थ्यो कि !
२) रचनाक्रममा शीर्षक, रचनाकार, विधा र पेज नं. उल्लेख भएको भए सजिलो हुने थियो ।
३) विधा छुट्टयाउने कार्यमा अल्मलपना देखियो । ४) कति सम्भव थियो, सकभर सबै सहिदहरुको फोटो भएको भए झन सुगन्धित हुने थियो ।
५) पु्रmफ रिडिङको समस्या खट्कियो । सम्पादक मण्डलको ध्यान पुगेन कि ?
६) सामग्रीहरुको लेआवटमा अलि कमि महसुश हुन्छ ।
७) दिपक रावलको गजल कसरी लेख्ने सामग्री अधुरो हो कि छुटेको हो ?
८) अतितको सम्झना पुरै छुट्यो । ८ वटा पेजै गायब भए । अन्त्यमा, घोडा चढ्ने लड्छ । काम गरे गल्ती हुन्छ । गल्ती
अन्त्यमा, घोडा चढ्ने लड्छ । काम गरे गल्ती हुन्छ । गल्ती भनेको मान्छेबाटै हुन्छ । यी उक्तिहरुलाई मनन गरि अगाडि बढेको खण्डमा त्रिवेणी दर्पणको भविष्य उज्वल छ । मेहिनेत र लगानी सह्रानीय छ । पहिलो अंक नै यो रुपमा आउनु , हुने बिरुवाको चिल्लो पात हो । मेरा छोटा दिमागले जे देख्यो , त्यही लेखें । उचनिच भए रिसानी माफ होला । अन्तमा सबैलाई बधाई । इतिश्री ।
