गुणासो सुन्ने बित्तिकै अनुगमन गर्छौ ः उप प्रमुख रोका
डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बजार अनुगमनले गति लिएको छ । नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र चौरजहारी बजार र चौफा बजार, मेलैनाउली बजार, चन्द्रबजार, नार्जिबजार लगायतका ब्यापारिक केन्द्रमा पनि अनुगमन गरिएको छ । नगरपालिकामा आएको उपभोक्ताको गुणासो अनुसार बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा बजारमा म्याद नाखेको समान, मुल्य सुची नराखेको, दर्ता बिना पसल सञ्चालन गरेको, साइन बोर्ड नराखेको भेटिएको नगरपालिकाको कार्यालयले बताएको छ । बजार अनुगमन तथा मुल्य सुची निर्धारण समिति संयोजक तथा नगर उप प्रमुख राधा रोकाका अनुसार बजारमा ठुलो मात्रामा म्याद नाखेको समान भेटिएको र उक्त बरामद गरिएको समानलाई सम्बन्धित ठाउँमा नै मुचुल्का बनाई नष्ट गरिएको छ । उनले भनिन् अनुगमनको समयमा पसलमा मुल्य सुची नराखेको, दर्ता बिना चलाएको र पसलको पहिचान हुने कुनै पनि बोर्ड नराखेको भेटिएको छ त्यस्तो पसललाई तत्काल व्यवस्था गर्न भनिएको छ । उनका अनुसार अर्काे पटक अनुगमन गर्दा त्यस्तो भेटिए कारबाहीको प्रक्रियामा बढाइनेछ । हामीसँग बजार अनुगमन गर्ने आवश्यक जनशक्ति थिएन जसले समयमा बजार अनुगमन गर्न सक्दैन्थ्यौ उपप्रमुख रोकाले भनिन् ‘अब उपभोक्ताको गुणासो आउने बित्तिकै सम्बन्धित ठाउँमा तत्काल अनुगमन गर्छौं ।’ उनका अनुसार साउनभित्र सबैले नगरपालिकामा पसल दर्ता गरिसक्नुपर्ने छ । बजार अनुगमन आवश्यकता थियो, यसले ब्यापारी, उपभोक्ता सबैलाई सचेत बनाउँछ चन्द्रबजारका ब्यापारी बुद्धिप्रसाद शर्माले भने अनुगमन प्रत्येक महिनामा गरे राम्रो हुन्छ कोहि पनि ठगिन पाउदैनन् ।