‘अत्तालिएको मनस्थिति’

Byआहा सञ्चार

२०७७ श्रावण २४, शनिबार १३:०४ गते

एक्कबहादुर केसी
उहाँ सांसद हुनुहुन्थ्यो । तत्कादिन पञ्चायति व्यवस्थाको राष्ट्रिय पञ्चायतको माननीय सदस्य । जिल्लाले उहाँलाई अत्यधिक मतले जीताएर पठाएको थियो । मान्छे कामले काजी हुने न हो ! अघिल्लो पटकको चुनाउमा निर्बाचित भएर गएपछि जिल्लामा धेरै राम्र कामहरु उहाँले गर्नुभयो । हो त्यसैको जस पाई पछिल्लो पटकको चुनाउ पनि जीत्नु भयो ।
कतिपय मान्छेहरु नेता नैसकेपछि समाज सेवा भुलेर धनकमाउने पट्टी लाग्छन । उहाँ सम्पन्न खानदानी घरको मान्छे भएर होला, निजि मामिलामा अलमलिने र पैसा कमाउने तिर लाग्नु भएन । जिल्लाको विकास निर्माणमा लाग्नु भयो । आदर्श नागरिकको बाधक भन्नु लोभीपनलाई पनि मानिन्छ । जो उहाँमा थिएन ।
यहाँ भएको के थियो भने उतिबेलाको सिम्ली गाउँ पञ्चायतको एउटा वडा आम्डाडा पनि थियो । सिम्लीको सानो झुपडिबजारदेखि अगाडि पट्टीको सिम्लाखोला पार गरेपछि ठाठै उकालो आधा घण्टा जति उक्लीसकेपछि गुर्चुप्प परेको आमडाडाको गाउँ भेट्दथ्यो । गाउँकै बिचदेखि भएर तिमिले जोगिनेटा जाने मुल बाटो पर्दथ्यो । जोगिनेटा नपुग्दा सम्म पुरै उकालो बाटो थियो । त्यहाँ देखि तल झरेर खोलागाउँ भै चौरजहारी जाने अनि हवाई जहाज चढेर नेपालगंज र काठमाण्डौ जाने गरिन्थ्यो । यसरी मुसीकोट चौरजहारी आवतजावतका निम्ति यो बाटो निकै चलन चल्तीमा रह्यो । गरिब बिपन्नको निम्ति भने कौवालाई बेल पाक्यो सरह चौरजहारी एयरपोर्ट भएतापनि ठुला बडा राजनेताहरु, ठुला कर्मचारीहरु, सिकिस्त बिरामी लिन वा उताबाट फर्किनलाई चाहि यो सुबिधा काशेढुंगा सावत भयो । गीत गाउँनेहरुले भन्छन ‘बर्तुन लाग्नु मर्ने काल, नलाग्नु बाफत’ । हो साच्ची भन्नु पर्दा मुद्धा मामिला झेल्नु भनेको श्रीसम्पती सक्नु नै हो । त्यहाँ के भएको थियो त भने, आम्डाडा गाउँको एउटा सिदासाधा सिधासाझा । भेउ नभएकोे किसान । छक्कापञ्जा गर्न नजानेको, सधैभरी घरगृस्थीमा अव्यस्त रहिरहने, हो बरु बांगो हलो जोत्न र महि मद्दा सातफेरा ठेकीको मुखामा हत्केलो घिसारी घिसारी नौनी बटुल्ने घिउ उत्पादन गर्ने अनी दाउरा घाँस गर्नमा सिपालु थियो ।
तर उसलाई मुद्धा लगाईयो । अदालत धाउने भयो । पटक पटक तारिख थाम्नलाई मुसिकोट अदालतमा धाउनाले हुक्क हैरान नै परेको थियो । मुद्धा मामिला भन्ने सवाल यस्तै न हो ! जो जसलाई पनि त्यसको किनारा नलाग्दासम्म के होला कस्तो होला भन्ने चिन्ताले अत्तालिने बनाउछ । झन त त्यो निमुखा टेक्ने समाउने आधार नभएकोलाई अत्तालिने मनस्थिति हुने नै भयो ।
कता ! कता !! बाट उसले थाहा पायो ः आज राष्ट्रिय पञ्चायतका माननीय सदस्य ज्यू घरजान चौरजहारीबाट आउदै छन गरे, उनलाई आफ्नो समस्या बताएमा सम्बन्धीत ठाउँमा राखिदिन्थेकी ? चुनाउको समयताका प्रचारप्रसार गर्दै हिड्ने क्रममा आफुलाई पिठ्युमा धाप मार्दै ‘ल भाई म तिर्मै मान्छे हो, म तिमिहरुबाट बिरानो छैन, तिमिहरु म बाट बिरानो छैनौं । तिम्रा दुख अफ्ठेराहरु मलाई जीतायौं भने सधैंभरी मेरो साथ सहयोग तिमिहरुमा रहिरहनेछ ।’ यसरी भन्ने गर्थे । मलाई यतिबेला आपत प¥यो । जिल्लाको उच्च नेता भन्नु यीनै हुन । यीनलाई नगुहारेर कस्लाई गहाुर्नु ।
आफनो घरको आँगनेरबाट सडक तल सिम्ली खोला झर्ने भएकोले आफ्ना प्यारा नेता जसलाई पुरै परिवारले भोट समर्पन गरेको हो । त्यहि झिनो आशा बोकेर कतिखेर आईपुग्छन भनी घर आँगननेरै पर्खेर बस्यो । त्यहि कामले गर्दा आज उ घाँस दाउरा नियमित गृहकार्य समेत छोडेर पर्खिबसेको थियो ।
राजधानीबाट पिलेनमा चौरजहारी उत्रिएका माननीय सांसद ज्यू भोली पल्ट एकाबिहानै मुसिकोटतिर लागे । जिल्लाका सबैभन्दा सर्बोच्च नेता भएकोले स्थानीय स्तरका नेताहरुले ठाउँठाउँमा भेटघाट भलाकुसारी गर्दा गर्दै आम्डाडा आईपुग्न दिनको ११ बजिसकेको थियो । चैतको महिना चर्को गर्मी ललाटमा चितचित पसिना निकालेका माननीय ज्यू हातमा टोपि समातेर ८ ÷१० जना मानिसहरुको दलबलको अगाडि ओरालो बाटो झर्दै थिए । ओरालोमा घोडा चढ्न नमिल्ने भएर होला, पछाछि पछाडि घोडा सहेसले खाली घोडा डो¥याउदै गरेको थियो । आम्डारामा छिरीसकेपछि त्यस पीडितले आफ्ना नेता ज्यूलाई बिनत्र भक्तिभाव दर्साउदै नमस्कार ग¥यो । नेता जी कन्याउलोमा धाप मार्न आदत्त भएका मान्छे, के छ हालखबर भनेर त्यस ब्यक्तिलाई पनि धाप मारे । त्यो पीडित ब्यक्तिले पनि मौका छोपेर आफ्नो भएभरको व्यथा ओकाल्दो भयो । नेता जी एकथिन उभिए, कोटको बाहिरी खल्तीबाट रुमाल निकाले अनी निधारमा पुगेको पसिना पुछे । फेरी उसैको कुममा धाप मारे । सायद ओरालो बाटोमा हिड्दै गरेर पिरौला पो थिए की ? त्यहि पीडितको कुममा अढेस लागि थकान मेट्न लागेको जस्तो पनि थियो । यी नेताको मिज्यास अचम्म लाग्दो थियो । बोल्थे कम, चिन्तन गर्ने धेरै । उत्ताउलो हाँसो कहिलै हाँस्दैन्थे, कस्तै हाँसो लाग्ने कुरोमा पनि ओठ मात्र हाँसेको आभास लाग्ने गर्दथ्यो । ठ्याम्मै ओठ फटाएर दात देखाएर कहिलै हाँसेनन । ठुलो स्वर लगाएर अप्रिय शब्द कहिलै कसैलाई बोलेनन ।
पिडितको यर्थात बयान सुनेर ‘हँु’ मात्र गरे । अरु थप शब्द कुनै खस्न सकेन । पिडितले त अपेक्षा राखेको थियो । उहाँको मुखारबिन्दुबाट हुन्छ या हुदैन मध्यको एक आँखर नतिजा प्रकट हुनेछ । तर हुँ मात्र गरे तर थ्यो हुँ भन्नुको तात्पर्य के हो ? यिनी मान्छे यस्तै हुन । यिनको आदत यस्तै नै हो । किसानले थाहा पाएकै कुरा हो । फेरी क्षणभरमै दलबलको रफ्तार तर तिर झर्दै ग¥यो । किसान अक्कनमक्क प¥यो । होईन तल सिम्ली बजारमा पुगेर खाना खान बस्छन होला त्यसि फेरी कुरा राखौला भनेर त्यो बिचारा गरिब किसान पनि त्यहि हुलमा थपिनु भयो ।
नेता जीका लागि भने सिम्लीमा खाना तम्तयार नै थियो । त्यहाँ पुगेर सबैले बिहानको खाना खाए । खाना खाईसकेपछि नेता जी अल्ली पर एकान्तमा पुगेर उतिबेलाको प्रशिद्ध याक चुरोक एक खिल्ली निकाले र लाईटर पारेर त्यसलाई सल्काए । अनी लामो सर्को ताने । दुई हात पछाडि जुल्ठाएर आकाशतिर नियाले । आकाश खुलेको थियो । कतैपनि एक चोईटा बादल देखिदैन थियो । नेताजीले फेरी निउरमन्टी लगाए अर्को सर्को चुरोट ताने । उनका ओठका किन किन कापिरहेका थिए । कताकता हाँसोको छनक पनि पाईन्थ्यो । कति चिन्तनशिल हुन सकेको होला । जलेको चरोटको झुललाई फ्याट्ट टक्टक्याएर फेरी आकाशतिर आँखा चहारे । निल गगनको शुन्यतामा दुईचारवटा कौवाहरुले एउटा गिद्धलाई तलमाथी पार्दै लखेट्दै गरेको परिदृश्य देखिन्थ्यो । नेताजीको भावनाले सायद त्यहि दृश्यलाई देखेर होला खुल्ला आकाशमा पनि चैन छैन । संगठनको तागत बलियो हुन्छ, सायद यहि कुरो मनमा कथेका थिए होलान । यहि मौकामा भन्न जान्छु यतिखेर बुढा एक्कै उभिएका छन । पिडितले आँट गर्यो । चार कदम अगाडि पाईला बढायो पनि तर रोकियो । होईन बुढा रिसाउने पो हुन की जान भएन । उसले यहि मनमा सोच्यो र रोकियो । उद्यपि दुबैका चार आँखा नजुधेको त कहाँ थियो र । तर पिडितलाई नजिकमा पुगी आफ्ना समस्या दोह¥याउन साहस आउन सकेन । एक अर्थमा भन्नु पर्दा ‘डर’ नै मान्छेमा हुने ठुलो कमजोरी हो । उ फर्कियो तर त्यो दलबललाई छोड्न सकेन । अझै पनि मौका पारेर कुराको निक्र्याैल गरि छाड्ने छु भनेर झिनो आशाले लुख्रुलुख्रु स्वामिभक्त कु्कुरले पिछा गरे जस्तो भै हिडिराख्यो । सानीभेरी नदि किनारै किनारको बाटो भएको र त्यस बिचमा हाँसिबाङ, लोरिबाङ, चौतारा, साधनचौर र माछिमि जस्ता अनेकौं बस्तीहरु आए गए कयौंले बाटोभरी जिल्लाका नेतालाई हात जोडि प्रणाम गरे । त्यो गिन्तीगरि साध्य रहेन । बाटोभरी हरेक संग अनेक थरीका राजनैतिक बहस चल्थे टुंगिन्थे ।
भुला गाउँको गाराघाट पुग्दा दिन ढल्कीसकेका थिए । त्यहाँको झुपडि बजारमा चिया पिउनलाई नेताजीको टोलि बिश्राम लिन बस्यो । गाराघाटको सानोभेरीमाको यो झोलुंगेपुल पार गर्ने बित्तिकै यो बजार भेट्दथ्यो । नेताजीलाई भेट्न भनेर होटलवालाले जाजिम कम्मल बिछ्याईदियो । रवाफि छाँटसित नेताजी पलिटि मारेर बसे । बरिपरि अरु साथमा आएकाहरु पनि बसे । आम्डाडाबाट नेता जीको पिछा गर्दै त्यस झगडियाको चाँहि अब धैर्यताको बाँध फुट्यो । र त्यहि कुरा फेरी त्यहाँ पस्कियो । नेता जी झस्किए ! ओहो, यत्तिका निम्ति यहाँतक पुग्यौं ! भनी भने । पिडितको समस्यालाई गौनसित बिचार गर्न थाले । सायद उनको मनले यस्तो सोच्दै थियो मामला अदालत सम्म पुगिसकेको सवाल छ । आफुले यस्को यर्थात बास्तविकता नजिकबाट थाहा पाउन सकिएको छैन । किन अनाहकमा कुम थाप्नु ! नेता जीले नकारात्मक संकेत बुझीने गरि टाउँको हल्लाए अनीभने, ’अहँ हुन्न’ ।
पिडित झगडियाले त अपेक्षा राखेको थियो की ठिक छ ढुक्क भएर बस । म भए यसमा साथ सहयोग दिने भनेर भन्नेछन । तर सोचेजस्तो हुन्छ कहाँ र ? आँखिर भन्न खोजेको के होला ? अहँ हुन्नको तात्पर्यता ? यात म यसमा सहयोग दिन्न सकदैन भन्न खाजेको हो की या यो मुद्धा तिम्रो पक्षमा सुनुवाई हुने खालको छैन भन्न चाहेको हो । कुराको निरोपन हुन सकेन । फेरी नेताजीको धेरै बोल्ने बानी(आदत) पनि छैन ।
पिडित होपलेस भयो । झकास चन्द्रमालाई कालो बादलले छेक्दाको जस्तो अध्यारो मुख लगाई त्यहिबाट उल्टो गोडा फट्कीयो । यदि यहि कुरो मेरो घर नजिकै भन्दिएको भए त यहाँतक आउने थिएन नी ! यो आधादिनको बाटो ब्यर्थमा हिडियो । यस्ता नेतासंग के आशा गर्नु । सानोभेरी नदि किनार किनारै हिड्दै गर्दा उसलाई लाग्यो यो नदिले पानी होईन म जस्तै रुकुमेली अनगिन्ती पिडितहरुको चित्कार र आशु बटुलेर लिदै गरेको छ । समाप्त ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto