नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कोेरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारका पहलकदमी प्रभावकारी नभएको भन्दै ज्ञापनपत्र बुझाईएको हो । जिल्ला सभापति प्रेम प्रकाश ओलीले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल माफ मार्फत ज्ञापनपत्र पठाएका हुन । काग्रेसले ज्ञापनपत्र बुझाएपश्चात जिल्ला स्थित पत्रकारहरु संग समेत भेटघाट कार्यक्रमको आयोजना गरि उक्त ज्ञापनपत्रको बिषयमा जानकारी दिएको छ । पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस जिल्ला सभापति ओलीले संघ, प्रदेश र स्थानीय तीन तहकै सरकार कोरोना रोकथाम र उपचारमा चुकेको बताए । यस बिचमा भैरहेका ब्यापक भ्रष्टाचार देखि अनाआवश्यक खर्च कटौली लगायत समग्र खबरदारी गर्ने उदेश्य ज्ञापनपत्रको रहेको पनि उनको भनाई छ । यसैबिच कांग्रेस रुकुम पश्चिमले रुकुम जिल्लाका क्रियाशिल पत्रकारहरुको कोरोना बीमा गरिदिने समेत बताएको छ । कोरोना भाईसको महामारी फैलिरहेको अवस्थामा पनि अग्रमोर्चामा खटिएर समाचार संकलन गर्ने पत्रकारहरुलाई कोराना बीमा गरिदिने पार्टीको निर्णय भएको पनि उनको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु