रुकुम चौरजहारी घटनाको बिषयमा मानवअधिकारबादी संस्था इन्सेक लगायतका अन्य सरोकारवाला निकायहरुको सहभागीतामा तयार पारिएको स्थलगत प्रतिबेदन सार्वजनिक गरेको छ । प्रतिबेदन सार्वजनिक गर्दै इन्सेकले घटनाको निष्पक्ष छानबिन गरि कानुनी दायरामा ल्याउन माग गरेको छ ।
इन्सेकले सो प्रतिवेदन जेठ २६ गते नै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल तथा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौड्याललाई बुझाएको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ नेतृत्वको टोली संसद भवन नयाँ बानेश्वर तथा मानव अधिकार आयोगको कार्यालय हरिहरभवन पुगेर सो प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा रुकुम चौरजहारी घटना कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ । १८ पृष्ठको लामो उक्त प्रतिबेदन बिस्तृत पढ्न यहाँ क्लिक गर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु